साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपममा शब्द मन्थन

Nepal Telecom ad

हरेक महिनाको तेस्रो शनिबार साहित्य सिर्जना प्रस्तुत गर्ने चाँजो मिलाउँदै आएको कलङ्कीको साहित्यिक संस्था अनुपम सिर्जना प्रतिष्ठान नेपालले आफ्नो तीसौँ साहित्यिक शृङ्खला आयोजना गरिरहँदा एड मार्क कलेजको प्रेक्षालय तालीले गुन्जयमान थियो । गत शृङ्खलाहरूमा वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवस, छन्द शिल्पी रमेश खकुरेल एवं स्रष्टा चेतन कार्कीजस्ता दिग्गज व्यक्तित्वहरूलार्ई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेर उहाँहरूको सरसल्लाह एवं सुझावलाई आत्मसात गर्दै आएको यस संस्थाका तीसौँ प्रमुख अतिथिका रूपमा मञ्चमा आसीन हुनुहुन्थ्यो स्रष्टा गार्गी शर्मा । संस्थाका कोषाध्यक्ष विनोद कोइरालाले मन्तव्य व्यक्त गरी अतिथि स्रष्टाहरूलाई स्वागत गरेपछि कार्यक्रमले औपचारिक रूप लिएको थियो ।

अतिथि स्रष्टाहरूले सिर्जना मार्फत मानवीय संवेदना र भावानुभूतिलाई कविता, गीत, गजल, मुक्तक, हाइकु लगायतका बहुविध विधाहरूमा पोख्नुभएको थियो । साहित्यको शाश्वत पक्ष पनि यही हो । कार्यक्रममा निर्मल पराजुली, विनुबाबा घिमिरे, गोपा शर्मा, अनिश बिष्ट कालीकोटे, युवराज गौतम, रामशरण खड्का, शान्ता पराजुली, मञ्जुल श्रेष्ठ, रामचन्द्र वनबासी, पूर्णप्रसाद पन्त, भुपेन्द्र अधिकारी, रोशनी भण्डारी, विनोद कोइराला, प्रदीप थापा मगर, घिमिरे मैदेली, हरि खनाल, जीवन अधिकारी, नरनाथ लुइँटेल, भाग्यशाली अधिकारी, भगवती रोका भूमिका, गार्गी शर्मा लगायतका स्रष्टाले आफ्नो साहित्य सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका सल्लाहकार प्राज्ञ नरनाथ लुइँटेलले कार्यक्रममा प्रस्तुत सिर्जनामाथि संक्षिप्त टिप्पणी गर्दै सबै प्रस्तोतालाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष भगवती रोका भूमिकाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालनमा हुनुहुन्थ्यो सचिव जितु खड्का । प्रमुख अतिथि स्रष्टा प्रा. गार्गी शर्माले कार्यक्रममा सहभागी सर्जकहरूका रचनाहरूले अहिलेको समय सन्दर्भलाई निकै गहन रूपमा व्यक्त गरेको भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गर्नुका साथै आफ्नो कविता सिर्जना प्रस्तुत गर्नु भएको थियो । करिब साढे दुई घण्टासम्म चलेको कार्यक्रममा दुई दर्जन सर्जकले प्रस्तुति दिनुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x