श्याम सापकोटागुम्सियो संविधान
फुटबल भित्र हावा भर्दा
संविधान हुलेछन्
फुटबल फुटाई संविधान झिक्न
सहमति खोजेछन्
सहमति भन्दै ढुकुटी सोहर्न
पेनाल्टी रोजेछन्
पेनाल्टी हान्न तम्सिनेले
खुट्टा नै भाँचेछन्
भाँचिएको खुट्टा बोकी
विदेश चहारेछन्
विदेशको मन्त्र सुनी
स्वदेश फर्केछन्
स्वदेशको मासु लुछ्दै
झगडा गरेछन्
झगडा गर्दै जनादेशको
खिल्ली नै उडाएछन् ।
कलङ्की, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































