साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसैलाई जसै मन पराउँछन्

Nepal Telecom ad

यो राम्री छे भन्ने कुनै हुन्न चासो,
नराम्री छे भन्ने पनि हुन्न चासो
यी राम्रा नराम्रा कुरै हुन् हराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

यो गोरी छे यसमा कुनै हुन्न चासो
त्यो काली होस् त्यसमा न गर्छन् गुनासो
त्यसैलाई नियाल्छन् र आफैं हराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

न राम्री होस् धेरै न हिस्सी परेकी
त्यही ठान्दछन् स्वर्गबाटै झरेकी
कोही ता छुनैसम्म मात्रै डराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

न केही पुरुषार्थ गर्ने छ आँट
न जिउको न डालको कतै छाँटकाँट
तिनैले कसैलाई त मोहित गराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

फूलै झार्न खोज्छन् कि आकाशबाट
कि ताराहरू गर्दछन् झार्न आँट,
प्रीतिमा परेकाहरू गुनगुनाउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

यिनै हुन् कि मानौं प्रीतिका मुहान
मदन हुन् मुना हुन् कतै हुन्छ भान
कुरा साट्नलाई कसैलाई अराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

वियोगी बनी क्वै चिठी लेख्न थाल्छन्
जुँगादारी जोगी सरी कोही पाल्छन्
कसैले कसैका त होसै हराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

कुनै गर्दछन् लाखका लाख बात
कुनै बन्न पुग्छन् सधैंका निराश
कुनै प्रेमीले दड्गदासै गराउँछन्
कसैले कसैलाई जसै मन पराउँछन् ।

कुरा गर्नु धेरै वृथा हो यिनैको
कुरा सुन्न थाल्नु वृथा हो तिनैको
अरुकै परेली रसाएर आउँछन्
कसैले प्रीतिका कुरा जो सुनाउँछन्
चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x