साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यसले पनि गाउँ स्वर्ग बनाउँछ !

Nepal Telecom ad

गोरेटोलाई सडक बनाउँ,
बिजुली ल्याउन तार तन्काउँ
धाराको पाइप घरघर पुर्याउँ
नयाँ स्कुल कलेज बनाउँ
अस्पताल यता बनाउँ,
दुइ चार उद्योग पनि खुलाउँ
उ त्यो चउरमा ब्यांक सजाउँ,
मन्दिर यहाँ ठुलो बनाउँ
खेलमैदान यहाँ बनाउँ
आउनुहोस गाउँलाई स्वर्ग बनाउँ ।

तर के के चाहिने कहाँबाट ल्याउँ ?
कुन चै पहिला कहाँ बनाउँ ?
एक्लै सकिन्न कसलाई मिलाउँ ?
कसको अगि पछि लागुँ लगाउँ ?
लेउ लेउ माइली पुरै सिसी लेऊ !
पहिले आफ्नो शक्ति जगाउँ !
अनि फेरि भन म के के बनाउँ ?
गाउँलाई एक्लै स्वर्ग बनाउँ ?

जब एक सिसी पुरै सकियो,
गोरेटो जम्मै सडक बनिगो !
किन तार तान्नु झन्झट त्यत्रो ?
दिउसै रात पनि झिलिमिली भो !
धाराको पाइप जताततै छ !
सोझै हिँड्न पनि कठिन भो !
बुद्धि ज्ञान सप्पै आयो !
अब स्कुल कलेजको के काम भो ?

किन चाहियो अस्पताल ? को रोगी छ ?
सबको औषधि मै गर्छु !
भोलि बिहान म उद्योग खोल्छु !
टाइममा आउनु ! हाजिर गर्छु !!
किन ब्यांक चाहियो ? मै ऋण दिउँला !
मन्दिर किन ? म देउतै बोलाउँछु
यी कान्ला कान्ली सम्मै पारि
हेरौला ! म गाउँमा हवाई जहाज ल्याउँछु
सब जँड्याहा फटाहा चोर बस्छन गाउँमा,
म एक्लै गाउँ स्वर्ग बनाउँछु !

त माइलो कि कान्छो रे भन भन ?
किन यो मेरो हात समाउँछ ?
ए माइली ! दे दे एक सिसी यसलाई पनि दे !
मैले त गाउँ स्वर्ग बनाइ सकेँ !
अब यसले देशै स्वर्ग बनाउँछ !!
बत्तिसपुतली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x