चट्याङ मास्टरसरकार छँदैछ नि !
तपार्इं त आफै कमाउन सक्नुहुन्छ, किन अर्काको कमाइ खानु पर्यो ?
सरकार छँदैछ नि !
तपाईंले किन अर्काको सम्पत्तिमा आँखा गाड्नु पर्यो ?
सरकार छँदैछ नि !
तपाईंले किन झुटो बोल्नु पर्यो ?
सरकार छँदैछ नि !
तपाईं किन मुर्ख बन्नु हुन्छ ?
सरकार छँदैछ नि !
तपाईं किन आफैं मपाइ भएर हिँड्नु हुन्छ ?
सरकार छँदैछ नि !
तपाईं किन अरुलाई दुख दिनु हुन्छ ?
सरकार छँदैछ नि !
तपाईं किन नचाहिँदो नचाहिँदो गरेर हिँड्नु हुन्छ ?
सरकार छँदैछ नि !
तपाईं किन सप्पैको छिछी र दुरदुर सहेर बाच्नु हुन्छ ?
सरकार छँदैछ नि !
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































