साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो गाउँको भट्टी पसल

Nepal Telecom ad

मेरो गाउँमा एउटा
भट्टी पसल छ
भट्टीमा रक्सी थरीथरी छ
सोकेसमा सितन परीपरी छ
सेकुवा सुकुटी मटन भुटन
खाँट्टी कोदोको असल छ
भट्टीकी साहुनी झनै असल छ
लाउरे चाउरे पर्मेली बर्मेली
सबैलाई मसक्क सत्कार छ,
रक्सी र सितनसँगै
अलिकति उघ्रिएको चोली छ
अलिकति छिल्लिएको बोली छ
आँखाको बनावटी तराई छ
चेपारे बात गराई छ
मेरो गाउँको भट्टी पसलमा
तपाईं सबैलाई मन पराई छ ।
रक्सीसँगै दिमागी झमझम बेच्छ
मासुसंँगै आँखाको रमझम बेच्छ
अलिकति स्वास्नीको डकस बेच्छ
अलिकति स्कुलको ‘फी’ नतिर्दा
छोरीले पाउने सकस बेच्छ
अलिकति छोरो कुट्ने हात बेच्छ
अलिकति स्वास्नी भकुर्ने लात बेच्छ
सबैभन्दा धेरै पुरुषत्व बेच्छ ।
यहाँभित्र सभ्य बोली खोज्नु
सध्य ब्यवहार खोज्नु र
बम्बैबाट फर्काइएकी चेलीमा
‘एचआईभी नेगेटिभ’ खोज्नु
उस्तैउस्तै हो नानु !
कसैलाई नभन्नुस्
पुलिसले सुन्ला….
यहाँबाट त
तरुनी सप्लाई पनि हुन्छ रे !
त्यसबापत टाउकेहरूले
कमिसन पनि पाउँछ रे !
सुन र डलरको खबर
गुपचुप गरिन्छ यहाँ
गाँजा र ड्रग्स समाएको गाडी
छापछुप छाडिन्छ यहाँ
टोल छिमेकीको कलह चौकी पुग्छ
नो पार्किङमा रोकेको गाडी बग्गीखाना पुग्छ
कसले भन्छ
यहाँको प्रशासन निकम्मा छ ?
कसले भन्छ
यहाँको प्रहरी घुस्याहा छ ?
एक गरा करेसा बन्धकी परेको बेला
म कुन भेलामा जाउँ ?
सिङ्गो मुटु पीडाको आहालमा डुबेको बेला
म कुन मेलामा जाउँ ?
अनुहार उज्यालो छैन भन्छौ !
बुढी र बालबच्चाको
निचोरिएको रुप हेरी
म कसरी उज्यालो बनुँ ?
कालो बेथितीको गर्जनले
अट्टहास गरेको बेला,
विश्व हल्लाउँछु भन्ने
क्रान्तिकारी जुँगाहरू
छिमेकीसामु अष्टवक्रझैं
साष्टाङ्ग परेका बेला
लाचार म
कसरी स्वाधीनताको राग अलापुँ ?
त्यसैले म पनि
चामल र नुन किन्ने पैसा
केही बचाएर सुटुक्क
मेरो गाउँको भट्टी छिर्छु
पुरानो बाँकी तिर्छु
नयाँ पुरुषार्थ भिर्छु
नेताका आर्थिक भ्यागुते छलाङमा
गर्वसाथ थपडी मार्छु
अनि सार्वभौम नेपालको
स्वतन्त्र नागरिकको वकालत गर्छु ।
जोरपाटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x