साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विद्वान साथी

Nepal Telecom ad

मेरो एउटा बिद्वान साथी हुन्छन् प्राय सुटमा
कहिले उनी देब्रे पटि कहिले दाहिने गुटमा ।

कैले हुन्छन् युरोपतिर कहिले अमेरिका
टिभी ल्याए भन्सार–मिनाहा, मोटरगाडी छुटमा ।

कसोगरी जोरजाम गरे, चकित पारे सबलाई
ऐले हिँड्छन् पजेरोमा, पैले चढ्थे हुटमा ।

पढ्नु जाती केके पढे नाउँमा डाक्डर जोड्छन्
पैले बाँच्थे पौरखमा ऐले बाँच्छन् झुठमा ।

कताकता दल–दलतिर सल्लाहकार छन् रे !
दिक्क मान्छन् पार्टी जुटे, खुसी हुन्छन् फुटमा ।

लगौँटिया भन्थे पैले, आफ्नै मान्छे ठान्थे
भेट होला कि भनी ऐले हिँड्छन् नौलो रुटमा ।
२०७१ पौष
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
0
Would love your thoughts, please comment.x
()
x