साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक्लैले गरेर केही हुँदैन !

Nepal Telecom ad

एक्लैले गरेर केही हुँदैन !
गौतम बुद्ध हुन् या पृथ्वी नारायण शाह
हुलै लिएर त कोही पनि जन्मिदैन
एक्लैले गरेर केही हुँदैन ?

एक्लैले गरेर केही हुँदैन !
महेन्द्र, बी.पी., मनमोहनको फोटोमा
एउटा बाहेक अनुहार देखिँदैन
एक्लैले गरेर केही हुँदैन ?

आफैभित्र पोलिँदै आगोको भुङ्ग्रो बनेको छ एक्लो सूर्य
ऊ उदाएपछि लाखौँ ताराको भिडको पनि मतलब हुँदैन
जतिसुकै ठूलो होस् पहाड र जति फराकिलो होस् जङ्गल
भित्रभित्रै बलेको छैन भने
भए नभएको पत्तो हुँदैन
भिड जम्मा हुँदैमा केही हुँदैन !
एक्लैले गरेर केही हुँदैन ?

जीवन ज्योति हो, ज्योति जीवन हो
बल्न सक्छ, आफै बल्दैन, बाल्नु पर्छ
नबलेको दियोमा जतिसुकै धेरै बत्ती होस्
के फरक पर्छ ?
बलेको एउटा बत्तीको अगाडि नबलेका सयौं बत्तिको अस्तित्व हुँदैन
एक्लैले गरेर केही हुँदैन ?

आफैले आफैलाई आगो नबनाएसम्म
जीवन ज्योति देखिँदैन
ज्योति बिनाको जीवन नसल्किएको बाती
एक्लै होस् या भिड, केहि फरक पर्दैन
एक्लैले गरेर केही हुँदैन ?
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x