साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता संग्रह "मान्छेभित्रको मान्छे" को लोकार्पण

Nepal Telecom ad

काठमाडाैं । २०७१ पुस २६ गते अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको पुस्तक सार्वजनिक कार्यक्रममा साहित्यकार प्रा. डा. गणेश क्षेत्रीको कविता संग्रह “मान्छेभित्रको मान्छे” को लोकार्पण भयो | सो पुस्तक कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बिमोचन गर्नु भएको थियो |

नेपाल बार एसोसिएसनको सभाकक्षमा आयोजित सो कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्ष्यतामा भएको थियो | विमोचित पुस्तकका बारे प्रा. डा. कुमार कोइराला बोल्नु भएको थियो | सो कार्यक्रममा विमोचित पुस्तकका स्रष्टा साहित्यकार प्रा. डा. गणेश क्षेत्रीलाई सम्मान पनि गरिएको थियो |

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, विमोचित पुस्तकका स्रष्टा साहित्यकार प्रा. डा. गणेश क्षेत्री, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान, सूचना आयोगका अध्यक्ष एवं पूर्व मन्त्रिपरिषद्का सचिव कृष्णहरि बास्कोटा, सूचना विभागका अध्यक्ष वोर्ण बहादुर कार्की, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सल्लाहकार समालोचक डा. खगेन्द्र लुइटेल, अनेसास नेपाल च्याप्टरका महासचिव सन्ध्या पहाडी, सदस्य यादव भट्टराईलगायतले आ-आफनो मन्तब्य राख्नु भएको थियो |
स्रोत : राधेश्याम लेकाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x