साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब मुड्के संविधान

Nepal Telecom ad

आठ वर्षअघि नेताहरू दुई वर्षमा संविधान बन्छ भन्थे । अलि पछि दुई महिनामा बन्छ भन्न थाले । अस्ति एक नेताले एक सातामा बन्छ भन्दै गर्दा अर्कोले दुई घन्टामा बन्छ भनिदिए । ती नेताको अनुसन्धान अनुसार सबै दल र नेता मिले भने त्यस्तो चमत्कार हुन्छ रे !

दुई होइन, अब आधा घन्टामै संविधान बनाउने गरी नेताहरू मिल्ने लक्षण देखिँदै छन् । नेता र दलहरू मिले मात्रै होइन, नमिले पनि अब संविधान बन्ला जस्तो छ । आठौँ वर्षको ८ माघ आउन आठ दिनअघिदेखि नै नेताहरूमा संविधान बनाउने जाँगर उग्र रूपमा प्रकट हुन थालेको छ । उनीहरू झन् झन् जोसिला र जुझारु हुँदै आएका छन् । संविधान लेख्न भन्दै उनीहरू पाखुरा सुर्किन थालेका छन् । तिघ्रा ठटाउन थालेका छन् । दाह्रा किट्न थालेका छन् ।

संविधान निर्माण प्रक्रियालाई तीव्रता दिन क्रान्तिकारीहरू रगतको खोलो बगाउन पछि नपर्ने भन्दै छन् । सत्तापक्षीय सभासद्हरूले जस्तोसुकै मुठभेड गर्नु परे पनि गर्ने तर यसपालि बानेश्वरबाट रित्तो हात नफर्किने घोषणा गरेका छन् । रित्तो हात नफर्किने भनेपछि उनीहरू पाए संविधान लिएर फर्किने होलान्, नपाए प्रतिपक्षी सभासद्का बंगारा लिएर अथवा आफ्नै भाँचिएका हातखुट्टा लिएर फिर्ने होलान् । यस्तो भव्य तयारी हुँदै छ हाम्रोे संविधानसभामा, संविधान घोषणाको ।

प्रमुख प्रतिपक्षी दलले आफ्ना सभासद् र नेताहरूलाई उपत्यका नछाड्न कडा निर्देशन जारी गरेको छ । सत्ताधारीहरूसँग मुठभेडका लागि सबैलाई तयार बस्न भनेको छ । बलियाबांगा, पूर्वलडाकूहरू र तन्नेरी सभासद्हरूलाई ज्यानमा तेल घसेर संविधान बनाउने तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बलियाहरूले अघिल्लो पंक्तिमा र रोगी, दुब्लापातला एवं बूढा सभासद्हरूले पछिल्लो पंक्तिमा बसेर मुठभेड गर्न आवश्यक प्रशिक्षण पनि प्राप्त गरिसकेका छन् । \’कसकसको टाउको फुट्छ, हेरौँला\’ भनेर ठूलै नेताले प्र तिपक्षीहरूलाई चुनौती दिएको खबर पनि आएको छ । यसरी संविधान लेखनको अन्तिम तयारी पूरा भएको छ । अब कसैले विधि वा प्रक्रिया वा सहमति वा के-के जाति भनेर वातावरण बिगार्ने काम गर्नु हुँदैन । अब संविधान बनाउनैपर्छ, मुड्के संविधान ।

संविधान बन्ने पक्का भएकाले हामी नेपाली जनता पनि ढुक्क भएका छौँ । अब हाम्रो एउटा अन्तिम माग मात्र बाँकी छ, हामीले हाम्रा पि्रय प्रतिनिधिहरूको भाले भिडन्त हेर्न पाउनुपर्छ । सम्मानित संविधानसभाभित्र माननीय सभासद्हरू कसरी हानाहान गर्छन्, त्यो देख्न पाउनुपर्छ । कसरी उनीहरूले एकअर्काको चल्नीमा मुड्की हानेर संविधानविरोधीहरूलाई ठाउँको ठाउँ ठहरै पार्छन् ? उनीहरूले कसरी सुरुवाल तानेर एकअर्कालाई नंग्याउँछन् ? कसरी माननीयहरू बस्ने आसन र रोस्टममा एकअर्कालाई लडाएर घोडा चढ्छन् ? हामीले प्रत्यक्ष हेर्न पाउनुपर्छ । संविधान लेखनको यो नौलो विधिलाई टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण पनि गरिनुपर्छ । हामी देख्न चाहन्छौँ कि हामीले कत्तिको बलिया नेता छानेका रहेछौँ । यही लडाइँका आधारमा हामी तेस्रो संविधानसभाको चुनावमा भोट हाल्न चाहन्छौँ । जसले प्रतिपक्षीका बंगारा हातमा लिएर आउँछ, उसैलाई आफ्नो प्रतिनिधि छान्न चाहन्छौँ । हामी अरू सबै खाले संविधानले अघाइसक्यौँ, अब संसारमै नौलो लात्तीमुड्कीद्वारा लिखित संविधान भोग्न चाहन्छौँ । नयाँ नेपालमा त्यो एउटा इच्छा पनि पूरा गरिदिनूस् नेता महोदयहरू ! तपाईंहरूको वैकुण्ठवास हुनेछ ।

नेपाल साप्ताहिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x