साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुतेको बुद्ध

Nepal Telecom ad

मुटु हो यो देश हाम्रो होइन खेलौना यो
कति सक्छौ हेर्न अझै सबको विलौना यो
धेरै उम्ले पोखिने दिन आउँछ बुझ नेता
युद्धमा तिमीलाई होम्छौँ विचार देऊ त्यता ।

धेरै थिचे बल पनि उफ्रिन्छ है माथि
सोझा जनता रगतमा तिमी बस्छौ चाटी
थुक्छ तिमीलाई इतिहासले, थुक्छौँ हामी पनि
हेर्छौ अब कसोगरी गर्छौ मनोमानी ।

युद्धयुद्ध– युद्ध भन्छौ युद्धको फल खोई ?
बसेका छन् नेपाली सब आज रोइरोई
फेरि पनि युद्ध गर्ने आँट गर्छौ पापी ?
जनताले दिन्छ तिमीलाई एकएक गरी फाँसी ।

युद्ध होइन, होइन युद्ध शान्तिगामी हामी
लाउँन दिन्नौँ आगो देशमा बन्छौँ सबै पानी
रानो हो यो देश हाम्रो कर्मी सबै हामी
गर्न दिन्नौँ खिचातानी अब जानीजानी ।

आलो रगत चाट्न खोजे पछार्ने छौँ हामी
सोझोभन्दा नमानेमा थचार्ने छौँ हामी
त्यसपछि कुर्सी बाँधी दाहासंस्कार गर्छौं
लान्छौ कि कुर्सी सँगै छोड्छौ हामी हेर्छौं ।

हामीलाई हाम्रो देश स्वर्गभन्दा प्यारो
संविधान देऊ नेता नत्र लाउँछौँ काँडो
युद्धको के कुरा गर्छौ छैनन् जनता लाटा
युद्ध गर्छु भन्यौ भने लाउँछौँ अब भाटा ।

कति बुन्छौ जालो अझै मसान भो देश
रोएका छन् नेपाली सब लागेको छ ठेस
अझै युद्ध अझै बेमेल मर्दा लान्छौ कुर्सी ?
कसलाई दिन्छौ धम्की तिमी, को बस्छ र सुती ?

छानीछानी कोर्रा लाउँछौँ जसले भन्छ युद्ध
हेर अब उठ्ने छ है सुतेको त्यो बुद्ध ।
बुद्धनगर काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x