साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लास उही मसानघाट फरक

Nepal Telecom ad

अन्यत्र संविधान उही रही रहन्छ,
नेता आउने जाने गर्छन् ।
यहाँ नेता उही रही रहन्छ,
संविधान आउने जाने गर्छन् ।

अन्यत्र मसानघाट उही रही रहन्छ
प्रत्येक पटक पोलिने लास फरक हुन्छ
लास पोल्न आउने मलामी फरक हुन्छ
तर यहाँ त पोलिने जनता उही रही रहन्छ
लास पोल्ने नेता उही रही रहन्छ
पोल्ने ब्यवस्था फरक हुन्छ ।

जल्दा जल्दैको जनता बोकेर मलामी नेता
कहिले यो व्यवस्था कहिले उ व्यवस्था दौडी रहेछ
उही मलामी उही जलिरहेको लास लिएर
कहिले यो संविधान कहिले उ संविधान भनि रहेछ ।

घाट जति परिवर्तन गरे पनि
उही जनता जली रहेछ
पोल्दा पोल्दैको उही लास लिएर
मलामी कहिले यो घाट कहिले उ घाट गरिरहेछ
परिवर्तन भई रहेछ
नया संविधान बनि रहेछ ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x