साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बित्यो ! बित्यो ! बित्यो !

Nepal Telecom ad

१. बित्यो ! बित्यो ! अब लौ है ! नेपालमा बित्यो !
संविधान के हुने हो ? ! बित्यो ! बित्यो ! बित्यो !

२. हडताली बन्द गर्ने दिनहुँ नै कुध्छन्
तोडफोड हुन थाल्यो ! बित्यो ! बित्यो ! बित्यो !

३. जाति धर्म पार्टी ! भनी जुलुस त कति !
अर्काले नै बिगारे है ! बित्यो ! बित्यो ! बित्यो !

४. तास जुवा तीर्थ वर्त कुधाकुध आफू !
देश भाँड्ने तत्व जागे ! बित्यो ! बित्यो ! बित्यो !

५. एकै छिन सोच्दा लाग्छ कलि अब पस्यो !
आँखा खोल्दा थाहा हुन्छ– बित्यो ! बित्यो ! बित्यो !

६. विदेशका विद्वान् सुन्दा जिभ्रो टोक्ने मन
यता विद्वान् देख्दा लाग्छ बित्यो ! बित्यो ! बित्यो !

७. अरुतिर पनि देख्दा चित्त शान्त हुन्छ !
एकै छिन ! तर यता– बित्यो ! बित्यो ! बित्यो !

८. अस्थिरता देशभित्र कुम्भकर्णे बढे !
के हुने हो ? खलवली बित्यो ! बित्यो ! बित्यो !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x