साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारको लगानी लक्ष हासिल भयो !

Nepal Telecom ad

नेपाल सरकारकै लगानीमा खोलिएको सेवादायी कार्यालयमा
नेपाल सरकारकै तलब खाएर बसेको
नेपाल सरकारकै निजामति कर्मचारीले घुस खाएपछि
नेपाल सरकारकै लगानीमा स्थापित अ.दु.नि.आ. का
नेपाल सरकारकै तलब खाने कर्मचारीले घुस्याहालाई पक्राउ गरी
नेपाल सरकारकै लगानीमा सञ्चालित झ्यालखानमा
नेपाल सरकारकै लगानीमा पालन–पोषण थालिएपछि
नेपाल सरकारकै लगानीमा स्थापित अदालतबाट
नेपाल सरकारकै तलब खाने न्यायाधीशले
नेपाल सरकारकै नियम निर्देशन अनुरुप भ्रष्टाचारीलाई उन्मुक्ति दिएपछि
नेपाल सरकारकै झ्यालखानबाट देशमा अर्को एउटा महान नेताको उदय भयो
नेपाल सरकारको लगानीको लक्ष्य शतप्रतिशत हासिल भयो ।

अब देश विकास र भ्रष्टाचार निर्मुल पार्न जे जे गर्नु पर्छ यहि नवोदित नेताले गर्छ
अब सुन्नुहोस् न यसका आदर्शका कुरा, पक्का भाषण त यसले पो गर्छ
बिचरा कर्मचारी हुँदा घुस खाएर जति कमाउन सकेको थिएन
त्यति जाबो कमाइ त अब यसले भ्रष्टाचार निवारणँ गर्दागर्दै गर्छ
सरकारी लगानीको लक्ष त अब यसले पो पुरा हासिल गर्छ
आयो आयो आदर्श पुरुष हाम्रो आशाको केन्द्र आयो, अब जे गर्छ यसैले गर्छ !
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x