साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सडक प्रयोग

Nepal Telecom ad

कतिले यो प्रयोग गर्छन्
जीवन धान्नलाई
कतिलाई झन सजिलो
मान्छे हान्नलाई ।

कसैलाई
क्षतिपूर्ति चाहियो भनी
टायर बाल्नलाई
नेपाल बन्द हुँदा खेरी
दुध फाल्नलाई ।

लोग्ने स्वास्नी झगडामा
रिस पोख्नलाई
जवान छोरी पोइल गई
गाडी ठोक्नलाई ।

व्यापारीले प्रयोग गर्छन्
चामल जोख्नलाई
चिट चोर्न नपाउँदा
परीक्षा रोक्नलाई ।

चोर, डाँका, फटाहाहरू
पैसो झार्नलाई
राती हुँदा शिकारीहरू
भैंसो मार्नलाई
कसैले प्रयोग गर्छन्
रत्तचन्दन सार्नलाई
पुलिसले प्रयोग गर्छन्
रकम झार्नलाई ।

दुई नम्बरी प्रयोग गर्छन्
धन्दा गर्नलाई
गरिब पनि के कम
गन्दा गर्नलाई ।

कृषकले भाउ नपाउँदा
तरकारी फाल्नलाई
विपक्षले प्रयोग गर्ने
सरकारै ढाल्नलाई ।
दाङ, हालः काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x