चट्याङ मास्टरनेता सम्बन्धी सामान्य ज्ञान
१. नेताको धर्म के हो ? अधर्म ।
२. नेताको कर्म के हो ? कु कर्म ।
३. हिन्दुको शिव, मुसलमानको अल्लाह र बौद्धमार्गीको बुद्ध भए जस्तै नेताका देवताको नाम के हो ? बिदेशी नेता ।
४. नेता र कुकुरमा के फरक ? कुकुरका चोर भगाउँछ, डाक्दैन ।
५. एक बाल्टी आची र एउटा नेतामा के फरक हुन्छ ? बाल्टी ।
६. नेतालाइ अस्पतालको आइ सी यु मा भर्ना गर्नुलाई के भनिन्छ ? एउटा राम्रो सुरुवात ।
७. भुइँचालोमा एक हजार नेता मर्नुलाइ के भनिन्छ ? सानो भुइँचालो ।
८. नेताको अगाडि पछाडि सुरक्षा गार्ड राख्नु किन जरुरी हुन्छ ? जनताको सुरक्षाको लागि ।
९. दमकल, एम्बुलेन्स र नेताको सवारीमा उस्तै साइरन किन बजाइन्छ ? सबै उत्तिकै अशुभ र खतरनाक स्थितिको सूचना दिने बिधि भएकाले ।
१०. नेताले के बालेर आफ्नो खाना पकाउँछन् ? देशका उद्योग ।
११. नेता स्कुल कलेज जानुको कारण के हो ? पठन पाठन बन्द गराउन ।
१२. नेताले सिङ्गै देशलाई आफ्नै बाउको बिर्ता किन ठान्छन् ? उसका बाउले “यो देश हाम्रा पुर्खाले हामीलाई दिएको नासो हो” भनेको सुनेर ।
१३. बुद्धिमान नेता कस्तो हुन्छ ? स्यालको सिङ जस्तै ।
१४. नेताले आफ्नो मोटर आफैं किन हाँक्दैन ? ब्रेकमात्रै थिच्ने बानी परेकाले ।
१५. नेता र जनता बिचको सम्बन्ध कस्तो हुन्छ ? भोको गिद्ध र मरेको सिनो जस्तै ।
१६. नेताको नामको सम्पत्तिलाई के भनिन्छ ? लुटको धन ।
१७. असल नेता कस्तालाई भन्छन ? भ्रुणहत्यामा परेर नजन्मिएकोलाई ।
१८. नेताको ओठ चलेपछि के बुझ्नु पर्छ ? झुटो बोल्यो ।
१९. नेताको सवारी हुनुअघि तालिम प्राप्त कुकुर सुँघ्न किन आउँछन् ? जुनियरलाई पठाउनु अघि सिनियरले ठाउँको जाँच गर्छन् ।
२०. पृथ्वीमा नेता किन छन् ? नर्कमा अरु नेताको लामो भिड भएर पालो कुर्नु परेकोले ।
२१. नेता नभए यो देश र समाज कस्तो होला ? लाई नलागेको साग र किरा नपरेको अम्बा जस्तै होला ।
२२. नेताले राम्रो काम गरे के हुन्छ ? भैँसीले आकाशमा उडेर तारा चर्न थाले जस्तै हुन्छ ।
२३. नेता र डस्टबिनमा फरक के ? डस्टबिन त बेला बेला खन्याउन र सफा पनि गर्न सकिन्छ ।
२४. अन्य मृतकको “समवेदना” छापिए झैं, मृत नेताको सूचना छाप्दा के शीर्षकमा छाप्नु पर्छ ? “देशलाई चिट्ठा परेको सूचना” ।
२५. नेता र लिफ्टमा के फरक छ ? लिफ्टले उचाइमा पनि लैजान सक्छ ।
२६. भारतको संविधानको मस्यौदा एक व्यक्तिले गरेक थिए भने नेपालको संविधानको मस्यौदा बनाउन छ सय एक जना किन राख्नु परेको ? यी छ सय एकको बुद्धि जम्मा गर्दा त्यो एउटा व्यक्ति बराबर हुन्छ कि भन्ने आसमा ।
२७. नेता नभएको देश र रोग नलागेको मानिस बीच के समानता हुन्छ ? स्वस्थ हुन्छन्
२८. हरेक देशमा नेता हुनु किन जरुरी हुन्छ ? जसरी हरेक शरीरमा केही न केही रोग लाग्नु जरुरी हुन्छ
२९. नेताको देहावसानमा के गर्नु पर्छ ? पहिला गरेर त देखाउनुहोस्, त्यसको लागि त जे जस्तो परे पनि गर्नुपर्छ
३०. नेता नभए के हुन्छ ? अदालत, पुलिस र झ्याल्खानहरू आवस्यक पर्दैनन् ।
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































