साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्पहरू र असुरक्षित सपना

Nepal Telecom ad

मेरा सपनाहरूलाई
नीला आँखा भएका सपहरूबाट खतरा छ
किनकि अझै हिंस्रक सर्पहरूकै
अधीनमा छ यो रात
जोडजोडले हल्लिरहेछ हावामा एउटा आदिम दरबार
मानौं, कम्पित भएर उठिरहेझैं यो धर्ती
र हावामा तरङ्गित बन्दै/उठ्दै
लहराउँदै÷हराउँदै
आदिम दरबारका प्रतिबिम्वित छायाँहरू
आँखाहरू विस्मित छन्
कुनै अदृश्य रहस्यझैं
दरबारको जगजगबाट फुटिरहेका छन्
सर्पहरूका पूर्ण विकसित अण्डा
र जबरजस्ती अतिक्रमण शुरु गरिरहेका छन्
मेरा सडकहरूमाथि
सर्पहरू अँध्यारो रुचाउँछन्
र अँध्यारोमा शासन गर्न मन पराउँछन्
यो धर्तीमा सर्पहरूको राज्यको
म सधैं विरोध गर्छु
सर्पका नीला आँखाहरू
मेरा हरेक पाइलाहरूलाई पछयाइरहन्छन्
र मेरा क्रियाकलापहरूलाई नियालिरहन्छन्
म हिँड्ने बाटाहरू अझै
असुरक्षित छन् सर्पहरूबाट
सर्पहरू अँध्यारोमा
जोडजोडले मलाई फुँकारिरहन्छन्
मलाई संत्रस्त
र भयभित बनाइरहन्छ सर्पहरू
बारम्बार आक्रमण गरिरहन्छन् मेरो मस्तिष्कमा
सर्पहरूबाट
सुरक्षित राख्न मेरा सपनाहरूलाई
तर म कदापि स्वीकार गर्दिन
सर्पहरूको अधीन
म कहिल्यै
कुनै प्रशस्ति गाउँदिन
सर्पहरूको ।
तनहुँ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x