बद्रीप्रसाद दाहाल ‘भस्मासुर’खाँदैछौ बलिदान–शान !
लज्जा बोध हुँदैन किञ्चित कठै, शीर्षस्थ नेता अरे
सच्चा नीति छुँदैन नायक कतै, शीर्षस्थ जेता अरे ।
वाचा बिर्सिदिर्ई सधैं मुलुकमा, शीर्षस्थ आफैं भए
कोपी– क्रूर–कृतघ्न दानव हुँदै, पाताल झर्दै गए ।।१।।
तिम्रा भाषण तुच्छ–आसन यहाँ, चाहिन्न चाहिन्न भो
तिम्रा शासन पुच्छ–पालन यहाँ, मानिन्न खाइन्न भो ।
स्वार्थै–स्वार्थ भजाउँछौ दिनदिनै, बोक्रा र छोक्रा दिँदै
हाम्रालाई सजाउँछौ पदभरी, राम्रा पछार्छौ उँधै ।।२।।
‘चर्को–मन्परितन्त्र’ भन्नु कसरी, हाम्रो प्रजातन्त्र हो ?
‘झर्को–लूट र गूटतन्त्र’ कसरी, भन्ने प्रजातन्त्र हो ।
मा¥यौ है रणवीरका प्रण–कथा, इच्छा–अभीप्सा सक्यौ
टा¥यौ है जनका सुरम्य–सपना, मात्रै लफङ्गा भयौ ।।३।।
ज्यूँदा ती रणवीरका नजरमा, आँसू भए टल्पल
ज्यूँदा ती प्रणवीरका मगजमा, आस्था भए ढल्पल ।
खाँदैछौ बलिदान–शान सबको, यात्रा भ¥यौ तल्तिर
भन्दैछन् जनता विवेक–मुटुमा, बन्छौ कि भस्मासुर ।।४।।
धादिङबेँसी
Subscribe
Login
0 Comments
Oldest








































