साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मास्टर साहेबको मान

Nepal Telecom ad

मास्टर साहेबको छोरीको पढाइ आइएसम्म सकिएको थियो । उनी आफैं पनि निमाविका शिक्षक थिए र बडा मुश्किलले जीवनयापन गर्दै आएका थिए तर उनको हृदय अति विशाल थियो । आफ्नो घरको दुई कठ्ठा जग्गामध्ये पनि आधा कठ्ठा जति जग्गा साहित्यिक संस्थालाई दान दिएर मागजोग गरेर त्यहाँ यौटा भवन बनाइदिएका थिए । आफू पनि सृजनशील साहित्यकार भएकाले निरन्तर सृजना गर्दै पनि आइरहेका थिए । साथै साहित्यिक पत्रिका पनि चलाउँदै थिए । उनले यौटा निम्न आर्थिक स्तरको परिवारको केटालाई कर गरेर विद्यालयमा हाली शुल्क माफ गराएर पढाउन लगाएका पनि थिए ।

अहिले त्यो चेला करोडौंको हालीमुहालीमा रहेको हुनाले र उसको ठूलै पहुँच पनि भएकाले छोरीलाई कुनै काममा लगाइदेला कि भन्ने आशले उनी उसको महलमा पुगे । सर्वप्रथम त साहुनीसित (चेलाकी श्रीमती) भेट भयो । उनीले पनि गुरु आएको देखेर हत्तपत्त बैठक कोठामा लगेर विराजमान गराइन् र चिया टक्र्याइन् र श्रीमानलाई खबर गरिन् । काठमाडौंको जाडोको महिनामा पनि बैठक कोठा निकै न्यानो थियो र सोफामुनि बाक्लै कार्पेट बिच्छ्याएको थियो ।

एकै छिनपछि चेला पनि अगाडि आए र गुरुलाई नम्रतापूर्वक नमस्कार गरेर सँगै बसे । शिष्टाचारका कुरापछि गुरुले आफ्नो मनको कुरा चेलासमक्ष राखे । चेलाले तुरुन्तै यौटा काम गर्नेलाई बोलाएर गुरुको खुट्टामुनि अर्को गलैंचा थप्न लगाए । गुरुले भैगो भन्दा भन्दै पनि चेलाले मानेनन् र गलैंचा थप गराएरै छाडे । काम गर्ने गइसकेपछि चेलाले गुरुलाई भने– ‘थाहा छ सर, यो गलैंचा बिच्छ्याउने मानिसले एमए पास गरेको छ तर मकहाँ यस्ता काम पनि गरेर बसिरहेको छ । हजुरकी छोरीले भर्खर आईए मात्र पास गरेकी छिन् अनि म उनीलाई के काम दिलाउन सकुँला र !’

गुरुको दिमाग झन्न भयो र उनले पनि रोबसाथ भने– ‘सम्झना छ, ती दिनहरू जब तिमीलाई मैले कर गरेर विद्यालयमा भर्ना गराएर शुल्क माफी पनि गराएको थिएँ । आज तिमी मलाई यस्ता कुरा गरेर टार्न खोज्छौ ?’ चेलाले निकै बेर सोचे अनि गुरुलाई नरिसाउन अनुनय गर्दै यौटा मानिसको नाम लिएर उसकहाँ जान भने । नभन्दै त्यस मानिसकहाँ जानासाथ उनकी छोरीको राम्रै ठाउँमा राम्रै जागीर लागी पनि हाल्यो । मानिसको नाम किन भन्नु, यो सबै सत्य कुरा हो ।
कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
म्यारेजमहिमा

म्यारेजमहिमा

रमेश खकुरेल
गोरुको दूध खा बरु

गोरुको दूध खा बरु

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x