साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकैसाथ छ वटा कृति विमोचन

Nepal Telecom ad

काठमाडौं, ९ फागुन । राजधानीमा एकै पटक ६ वटा कृतिको विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले तन्नेरी द्वैमासिक पत्रिकाले प्रकाशन गरेका छ कृतिको विमोचन गर्नुभएको हो ।

मिोचित कृतिहरूमा गोपीकृष्ण ढुङ्गानाको गजल सङ्ग्रह ‘आफैंभित्र’, तेजप्रकाश श्रेष्ठको कथा सङ्ग्रह ‘अनन्त मन र यात्राका विम्बहरू’, तारानाथ गौतमको कविता सङ्ग्रह ‘भावनाका फूलहरू’, नरेन्द्र दाहालको संस्मरण सङ्ग्रह ‘आत्मालाप’, विनयराज गौतमको ‘नेपालको शिक्षामा राजनीतिको प्रभाव’ र मिनप्रसाद आचार्यको कविता सङ्ग्रह ‘रंगिएको आकाशमुनि’ रहेका छन् ।

कार्यक्रममा लेखन र प्रशासनिक क्षेत्रमा छ दसकको शिक्षा सेवा गरेवापत प्राध्यापक गोपीकृष्ण शर्मालाई २०७० सालको आरपी शर्मा तन्नेरी शिक्षा पुरस्कार र २०७० सालमा प्रकाशित बालसाहित्यका कृतिमध्ये बालउपन्यास लालुको यात्राका लेखक विजय चालिसेलाई पुष्कर गौतम तन्नेरी बालसाहित्य पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कारको राशि क्रमशः २० हजार र १० हजार रहेको छ ।

साहित्यकार रामप्रसाद दाहाल, मोहन दुवाल, रामप्रसाद पन्त, डा. यादवप्रकाश लामिछाने, डा. कृष्णप्रसाद दाहाल र रामेश्वर राउत मातृदासलाई विशिष्ठ तन्नेरी सम्मान प्रदान गरियो । यसैगरी, प्रशासनतर्फ शंकरप्रसाद खरेल र चुडामणि शर्मा र समाजसेवातर्फ पुष्पादेवी सराफलाई सम्मान गरिएको थियो ।

छजना कृतिकारलाई विशिष्ट तन्नेरी कृति सम्मान प्रदान गरिएको थियो । बृहद् तन्नेरी सम्मान, कृति लोकार्पण तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेपा प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले तन्नेरी र तन्नेरीका सम्पादक एवं प्रकाशक विदुर गौतमले एक्लो प्रयासबाट प्रकाशनको ३८ वर्ष पूरा गर्दै वर्षेनी स्रष्टाहरूलाई हौसला र प्रेरणा प्रदान गरेको चर्चा गर्दै यसले साहित्यको श्रीवृद्धिमा ठूलो टेवा पुगेको बताउनु भयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x