साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपुताली परे हुन्थ्याे

Nepal Telecom ad

आजै राति यो समाजका सबै मान्छे मरे हुन्थ्यो
घर घरै छानामाथि मेघ गर्जी झरे हुन्थ्यो ।

मान्छेहरू चपाएर आफू बाँच्ने समाजलाई
आगो हुरी बाढी आई अपुताली परे हुन्थ्यो ।

लुकीछिपी भागूँ कति ज्योति बाल्ने अभियोगमा
दीपद्रोही अन्धो देशमा घामैले रात् छरे हुन्थ्यो ।

सर्वोच्च यो शिखरले नै थिचिएर बसौँ कति
यस्तो लाग्छ सगरमाथा अन्तै कतै सरे हुन्थ्यो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x