साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही ठोक्तक

Nepal Telecom ad

जँड्याहा

दाइ बोतलको त्यो के खाको ?
खाको हैन भाइ लाको हो लाको ।
बोतल लडाउन कसले छेकेर छेकिन्छ ?
यो ठाडोघाँटी लाएसी मामाघर देखिन्छ ।

हाँडी

जति नुहाए पनि जति पखाले पनि
कप्टेराले घोटेर भाँडो नै गो,
किन धेरै सफा गर्नु र मित्र
हाँडी भनेको हाँडी नै हो ।

माला

म पनि फूलको माला लाउँछु,
मलाई फूलको माला मन पर्छ ।
हुन्न बाबु, फुलको माला लाउन,
एउटा फुलको १० रुप्पेँ पर्छ ।

हजाम

मेरा बाले भनेको मन्त्रीले नि मान्छन्,
तलमाथि दायाँबायाँ मुन्टो हल्लाउँछन् ।
तेरा बा को हुन् त ? प्रम कि राजन ?
हैन, मेरा बा हुन् सैलुनका हजाम ।

जुवाडे बाउ

कति जित्नुभो बा मनमनै गम्नुभाछ ?
धेरैबेर पो भो त, कति सम्झनुभाछ?
अरूको दुई सय र एउटा औँठी मारिछु,
तर, आफ्नोचाहिँ कसरी भनुँ बाबु
जुवामा तेरी आमालाई हारिछु … ।
चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
0
Would love your thoughts, please comment.x
()
x