साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होलीको लोली

Nepal Telecom ad

तपैँहरू मज्जाले होली खेल्दै हुनुहुन्छ होला, हैन त ! अनि होलीमा लोलालोलीका कति झोलाझोली खाइयो र अरूलाई कति ख्वाइयो नि ?

वर्षको एकचोटि आउने र सबैलाई अति मन पर्ने यस्तो रमाइलो महान् चाडमा अरूलाई लोला ख्वाउन चाहिँ पटक्कै लोभ गर्नु हुन्न है । जे जसरी भए पनि जोहो जोर्जाम गरेर बेलुन, प्लास्टिकका प्याकेट किनेर ढलजल टन्न भरेर कम्तीमा महिना दिन अगाडिदेखि नै धमाधम मज्जाले बटुवालाई ख्वाउनुपर्छ क्या ! तर आपूm खान चाहिँ लोभ गर्नु हुन्न । उदार हृदयको भएर अरूलाई अघाउन्जेल ख्वाउनु पो ठूलो कुरा हो । अझ खान्न भनेर भाग्नेलाई त अर्जुनले माछोको आँखो ताके झैँ ताकेर ढाडैमा सेक्नुपर्छ । अनि पो ठूलो पुरुषार्थ गरेको ठहरिन्छ । पिचकारी र लोलालोलीले चोलाचोली, कुर्थाकुर्थी, सर्टटिसर्ट, बुसर्ट आदि भिजाएर पारदर्शी पारी आफ्नोे सभ्यताको परिचय दिनुपर्छ । यसो गर्दा कसैले आफ्नोे अनुहार रातो पीरो पा¥यो भने पनि कुनै वास्तै नगरी बरू ‘ह्याप्पी होली’ भन्दै उसको रात्तिएर तात्तिएको अनुहारमा मोबिल अथवा इनामेलले चट्ट ला’र आफ्नोे कलाकारिताको नमुना फ्रिमा बनाइदिएपछि त के चाहियो र ! अनि त देख्ने पनि दङ्ग आपूm त झन पिकासोलाई माथ गर्ने चित्रकार हुन सफल भएकाले दङदास नपर्ने कुरै भएन ।

प्लास्टिकका थैलामा जे झोल पदार्थ भेटिन्छ टन्न भ¥यो, ढ्याम्म हान्यो । आहा ! कस्तो राम्रो र सजिलो तरिका ! एउटै निसाना सही लगाउन सकियो भने पनि निथ्रुक्कै पारी मज्जाले आनन्द लुट्न सकिन्छ । यसो जुलुससुलुसमा गएर घर गाडीका भ्mयाल झर्यामझुरुम अनि र्इँटा ढुङ्गाले पुर्पुरो पट्टै पार्ने प्राक्टिस् गरेको छ भने यो बेला बटुवाको ढाड सेक्न खूब काम लाग्छ । हरेक लोलालोलीलाई गोलागोली बनाएर मिसै नखाई सही ठाउँमा लगाउन सकिन्छ । कहिले काहीँ टाउको अथवा आँखामा लागेर टाउको या आँखा फुट्यो भने पनि फुट्यो–फुट्यो । के गर्नु त, मिस्टेकले लाग्या त हो नि, ताक्या त ढाडैमा हो क्यार ! आफ्नोे टाउको आँखा जोगाउने काम लोला खानेको पो हो, हान्नेको हो र ! फेरि होली अरूको खुसी र रमाइलोका लागि खेल्ने खेल पनि त हैन नि ! यो त सिर्फ आफ्नोे खुसीले आप्mनै रमाइलोका लागि मात्र खेल्ने पो हो त ! त्यसैले अरूको के मतलब, हैन र ?

तपैँ पनि चुपचाप लागेर नबस्नुस् है । आफ्नोे राष्ट्रिय संस्कृति, सभ्यता जोगाउनका लागि पनि होली त खेल्नै पर्छ । आउनुस् भ्mयालकौसीमा लुकेर बसौँ अनि बाटोमा हिँड्ने सबैलाई लोलालोलीले ढाड सेक्दै सक्दो माया र सेवा गरौँ । ढलसलको सुगन्धित जल स्नान गराऔँ । हप्तौँ नजाने गरी नाना थरीका रङ्गले रङ्गाआऔँ । सित्तैँमा आशीर्वाद थापौँ । यस्तो महान् कार्य गरेर पुण्य कमाऔँ । खुसीसाथ रमाइलोसँग होली खेलौँ ।

खेलेर लखतरान भएपछि शिव प्रसाद अलि बढी नै मात्रामा खाएर झलमल्ल बत्ती बलेको अनि शिवको जटाबाट फुत्त निस्केर गङ्गेमाता घरको धारामा सवारी भएको मीठो सपना धीत् नमरुन्जेल देखेर मस्त होऔँ, कि कसो ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
0
Would love your thoughts, please comment.x
()
x