साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधानको काम

Nepal Telecom ad

जनतालाई दिन्छु दिन्छु भन्छौ,
के दिन लाग्यौ ए सरकार तिमीले जनतालाई ?
संविधान दिने भनेका हौ ?
चाँडै लेऊ न त !

चाँडै लेऊ न त यो धाराको प्वालमा कोचौँ
यसबाट पानी झरिहाल्छ कि
नभए बाटोमा ओछ्याउँला
बाटो हिँड्न हुने भई हाल्छ कि !

नभए जिरा मरिच झैँ कुटेर तरकारीमा मसला बनाएर हालौँला
खानेकुरामा मिसिएको बिषादी कम भई हाल्छ कि
नभए स्कुलको सूचना पाटीमा टाँगौँला
पढाइको गुणस्तर सुध्रिहाल्छ कि !

नभए औषधिमा मिसाएर खाउँला
नक्कली औषधिले सक्कली काम गर्न पो थाल्छ कि
नभए पाउडर बनाएर शहरका गल्ली गल्ली र चोक चोकमा छरौँला
शहरको दुर्गन्ध हराएर बसाउन पो थाल्छ कि !

नभए झोल बनाएर सवारी साधनको इन्जिनमा हालुँला
गाडी भीरबाट पल्टन छोडेर बाटैबाटो गुड्न पो थाल्छ कि
नभए सरकारी कार्यालयको साइनबोर्डसँगै झुण्ड्याउँला
हाकिमहरूले घुसै नामागी काम पो गर्न थाल्छन् कि !

नभए बुटी बनाएर हरेक नेताको कम्मरमा बाँधी दिउँला
तिनको ढाँट, छलकपट अलि कम पो हुन्छ कि
नभए भागवत महापुराण लगाए झैँ संविधान पाठको सप्ताह लगाउँला
चन्दाको ओइरो लागिहाल्छ कि !
नभए छोरा छोरीलाई बिहान बेलुका एक एक अध्याय पाठ गर्न लगाउँला
बेरोजगार उनीहरूले तलब पाउन थाल्छन् कि !

लेऊ न ए सरकार संविधान लेऊ
देश र जनताको लागि त्यो केहि काम लागि पो हाल्छ कि !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x