साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताज्यूको जिल्ला सवारी

Nepal Telecom ad

जिल्लामा नेताज्यूको सवारी छ
सवारीको राम्रो तयारी छ ।

मूल बाटोमा लस्करै स्वागतद्वार छन्
ध्वजा पताका टाँगिएका सडक वारपार छन्
हरेक द्वारको प्रायोजक स्थानिय व्यापारी छ
भन्नेले भन्छन् ऊ ठूलो कालोबजारी छ ।

रित्ता भित्ताहरू आउने नेताको पोस्टरले भरिएका छन्
स्वागतद्वारको दायाँ बायाँ पूर्ण कलश सजिएका छन्
हरेक स्वागतद्वारको माथि रेसमी तुल झुन्डिएको छ
त्यसमा नेताजीको नाम चमकदार रङ्गमा लेखिएको छ ।

‘श्री …. (फलाना नेता) कि– जय जय जय’
हरेक स्वागतद्वारको दायाँ बायाँ पङ्क्तिबद्ध भिड सय–दुई सय
स्कुल ड्रेसमा केटाकेटी नेताज्यूको स्वागतमा आएका छन्
हरेकको हातमा पार्टीको झण्डा फर्फराएका छन् ।

लेखिएको छ जहाँ पर्खाल या घरको गारो छ
‘हाम्रो नेता हाम्रो देश, प्राण भन्दा प्यारो छ’
‘सङ्घीय गणतन्त्र व्यवस्था जिन्दाबाद’
‘नेता श्री ….‘(फलानो) जिन्दावाद जिन्दावाद ।’

लाम लागेका छन् झ्याउरे शरीर लिएर चाउरे अनुहारहरू
अघिल्लो पङ्क्तिमा ठेलमठेल नेताका दर्शनाभिलाशीहरू
सखारै बनबाट टिपेर ल्याएका फूलका झुप्पा समाएका छन्
‘निर्विकल्प गणतन्त्रीय व्यवस्था अम्मर रहोस’ नारा घन्काएका छन् ।

सडकको कालोपत्र जति सफा छ उति सुनसान छ
त्यहाँ कसैको पैताला नपरोस सबैको ध्यान छ
हरेकका गर्दन बेला बेला एकै दिशामा बटारिन्छन्
चाँडै आफ्नो प्यारो नेताको दर्शन पाउन चटारिन्छन् ।

त्यो पट्यार लाग्दो प्रतिक्षालाई जीवन्त बनाउन
एउटा पुटुस्स भुँडीवाल बिचैमा बुरुक्क उफ्रिएर कराउँछ
‘श्री ….(फलानो) नेता कि’–
यन्त्रवत सबको मुखबाट निस्कछ– ‘जय !’
‘निर्विकल्प गणतन्त्रीय व्यवस्था’–
यन्त्रवत सबको मुखबाट निस्कन्छ– ‘अम्मर रहोस् !’
‘हाम्रो नेता हाम्रो देश–’
यन्त्रवत सबको मुखबाट निस्कन्छ ‘प्राण भन्दा प्यारो छ !’
‘…..। (फलानो) पार्टी’–
यन्त्रवत सबको मुखबाट निस्कन्छ– ‘जिन्दावाद जिन्दावाद !’

म चुपचाप उभिएको देखेर नजिकै उभिएका बुढाले सोधे–
‘तपाईं गणतन्त्रवादी होइन कि के हो ?’
मैले भने– ‘किन नहुनु, गणतन्त्र ल्याएकै मैले हो ।’
उनले फिस्स हाँस्दै भने–
‘मैले त जय जयकार र जिन्दावाद मात्रै ल्याएको हो, मैसँग छ ।’

जिल्लामा नेताज्यूको सवारी छ
सवारीको राम्रो तयारी छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x