साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन के गर्ने ? आन्दोलन गर्ने !

Nepal Telecom ad

जाँचको बेला प्रश्न आउँदा
आफूलाई उत्तर कुनै नआउँदा
लगेको चिट पनि चोर्न नपाउँदा
भन के गर्ने ?
आन्दोलन गर्ने !

गोठ भरि भरि भैंसी पाल्दा
बर्षौं घाँस भकारो गर्दा
कुनै भैंसी कहिल्यै नब्याउँदा
भन के गर्ने ?
आन्दोलन गर्ने !

बिहे गरेको बर्षौं बित्दा
सन्तानको मुख देख्न नपाउँदा
थाकेँ डाक्टर झाँक्री लाउँदा
भन के गर्ने ?
आन्दोलन गर्ने !

छानी श्रीमती राम्री ल्याउँदा
तैपनि अर्कैकी राम्री लाग्दा
मेकअप खर्च धान्न नसक्दा
भन के गर्ने ?
आन्दोलन गर्ने !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x