साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो मूक घन्टाघर

Nepal Telecom ad

पैसा, इज्जत, नामका रहरले छाडेर आफ्नो घर
जान्छन् जो पनि शून्य यो शहरमा खान्छन् ठुलो ठक्कर ।
बोलीमा छ बनावटीपन बडो आफन्त हुन्नन् तर
लाटो भैकन हेर्छ बेथितिहरू त्यो मूक घन्टाघर ।।

कोही गुड्छ सगर्व त्यो सडकमा चिल्लो नयाँ कारमा
कोही बाध्य भएर यो शहरमा छन् देहव्यापारमा ।
पक्का हुन्छ सचेत जो पनि यहाँ खायो भने हन्डर
लाटो भैकन हेर्छ बेथितिहरू त्यो मूक घन्टाघर ।।

खान्छन् जो जनता चुसी दिनदिनै बाक्लो सुरक्षा लिई
हिँड्छन् शासक भै खुला सडकमा उन्मुक्त भै मस्किई ।
झन्डाको बदनाम हुन्छ जनता मानेर बस्छन् डर
लाटो भैकन हेर्छ बेथितिहरू त्यो मूक घन्टाघर ।।

आफू सभ्य बनेर बस्छ घरमा साह्रै अहङ्कार छ
मैला फाल्छ सगर्व त्यो सडकमा को भन्छ संस्कार छ ?
के यो उन्नति हो कि यो पतन हो को खोज्छ खै उत्तर
लाटो भैकन हेर्छ बेथितिहरू त्यो मूक घन्टाघर ।।

नाला हुन् कि नदी कहाँ फरक भो हो ‘राजधानी’ भन्यो
जे हेर्यो सब अस्तव्यस्त छ यहाँ यो ‘लाजधानी’ बन्यो ।
सत्ता मख्ख रहन्छ उन्नति भनी देखेर अग्ला घर
लाटो भैकन हेर्छ बेथितिहरू त्यो मूक घन्टाघर ।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x