साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुर बुवाको प्रेम पत्र

Nepal Telecom ad

हजुर बाले खै किन
आफ्नो कोठामा पस्नै नदिने
पसी हालियो भने पनि
एक छिन पनि बस्न नदिने
भित्र भए चुकुल लाउने
बाहिर गए ताल्चा लाउने
यसो ढोकाबाट चियाउँदा
कुनै महाग्रन्थ लेख्न बस्या जस्तो
अनुहार उदास उदास
कुनै समश्यामा फस्या जस्तो
एक दिन
हजुर बा स्नान घर पसेको बेला
सुटुक्क कोठामा छिरेँ
के लुकाका रहेछन् बुढाले हेरेँ
केही खास भेटिएन
एउटा डायरी बोकेँ
र कुलेलम ठोकेँ ।
म पनि चुकुल लगाएर कोठामा पसेँ
के लेखेका रहेछन् बुढाले पढ्नलाई बसेँ
हेर्दै जाँदा एउटा प्रेम पत्र यस्तो थियो
भर्खर लेखेको जस्तो थियो ।

हिजो आज म पनि एक्लै भाको छु
छोरा नाति भए पनि
आफूलाई त एक्लो एक्लो पाको छु
तिमीलाई देखेपछि
अब बाँच्ने जोश जाँगर लाको छु
तिमीलाई हेर्ने बहानामा
बिहान बिहान जगिङ गर्दै
तिम्रै घरको बाटो धाको छु
तन बुढो भने पनि
मन झनै तरुण छ
हेर्दा कडा लाग्छु होला
तर हृदय करुण छ
तिमी पनि एक्लै रहिछौ
म पनि एक्लै भाको छु
तिमी पचास म साठी
उमेर मिल्ने नै पाको छु
तर कसरी भन्ने तिमीलाई
तिमी भन्दा पनि
तिम्रो छोरीको डर छ
मेरो छोरो त त्यस्तै हो
नातिको अलिक भर छ ।

मैले पनि हजुर बाको प्रेम पत्र
ती महिलाकै कोठामा फालिदेँ
अज्ञात नाममा आएको एउटा पत्र
हजुरबाउकै कोठामा हालिदेँ
एक दिन ती महिलाकी छोरी
मलाई भेट्न आइन्
सब कुरोको बेली बिस्तार लाइन्
अब ती जोडी एक अर्का बिना
बाँच्नै नसक्ने भाका रे
छोरीले बिरोध गर्दा
झन्नै नदीमा हाम फाल्न गाका रे ।

एक दिन दुबैलाई लगी
मन्दिरमा विवाह गराइ दियौँ
दान, कन्यादान सबै
हामीले नै गराइ दियौँ ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x