चट्याङ मास्टरअप्रिल फुल
अप्रिल फूलका दिन अरू दिन भन्दा केहि फरक गरौँ
अरू दिन बोलिन्थ्यो, आज मौनब्रत धारण गरौँ
सधैं गर्दै आएको काम आज नगरौँ
१
मैले कसलाई कहिले पो पत्याएको छु र आज चै पत्याउनु ?
मलाई के फरक पर्छ अप्रिल फुल आउनु र न आउनु !
२
अप्रिल फुलमा मुर्खहरू मात्रै एकले अर्कालाई ढाँट्दै हिँड्छन्
थाहा छ कसैले पत्याउँदैन, तैपनि ढाँट्न अनेक जुक्ति गर्छन् ।
३
महिलाहरूले महिला दिवस र बालकहरूले बाल दिवस मनाए झैँ
मुर्खहरूले मुर्ख दिवस मनाउँछन्
यहि त एक दिन छ, वर्षमा उनीहरूले खुले र आफ्नो परिचय दिन पाउँछन् !
४
कहिल्यै आफूलाई बुद्धिमान प्रमाणित गर्न नसकेकाले
अप्रिला फुलका दिन एकचोटी फेरि ट्राई मार्छन्
तिन सय चौसठी दिन गर्न नसकेको काम
अप्रिल फुलका दिन आँट गर्छन्
अप्रिल फुल त यस्तरी मनाउँछन्
मानौ वर्षभरि फेल भएका विद्यार्थीले ब्याक पेपर दिन्छन् ।
५
“म तिमीलाई माया गर्छु”
उनीलाई त्यत्ति भन्न उसले यत्ति कुर्यो
त्यहि ध्याउन्न त्यहि जपना
त्यसैमा हाराएर दिन तिथि मिति भुल्यो
बल्ल बल्ल मौका मिलायो वर्षौंपछि
मुटु हातमा लिएर उसले उनलाई
“म तिमीलाई माया गर्छु” मुटुबाटै भन्यो
दुर्भाग्य अभागीको, त्यसै दिन अप्रिल फुल पर्यो ।
६
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest



































