साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अप्रिलफुल बुलेटिन

Nepal Telecom ad

अस्ती बाली लागेको भैंसीले
पाँच किलोको फुल पारेछ
घरको बुढी बाख्रीले
भैसीको पाडो झारेछ ।

पुषमाघ घाम गरेर
जाडो गरेछ
कुखराले हानेर हाइवेमा
प्राडो मारेछ ।

सुँगुरले बाटो जाम गरेर
गाह्रो गरेछ
ब्वाँसोले सरकारी ढुकुटी सकी
फारो गरेछ ।

स्यालले संविधान दिन्छु भनी
छारो गरेछ
गधाले आन्दोलन गर्छु भनी
तारो गरेछ ।

यसपालिको कुस्तीबाजमा
प्रचन्ड र केपी भिड्ने रे
सुशील दा र डा. केसी
दुबै अविवाहित
अब सँगै हिंड्ने रे ।

नयाँ आउँदै छ रे
रामदेवको किस आसन
सरकारबाट आजै
बामदेव निस्कासन ।

राजेशले स्वास्नी छोड्दिए
निखिलले सम्बन्ध तोड्दिए
भुवनले कसकी श्रीमतीको
पेटीकोट नै चोर्दिए ।

बल बहादुरले बल गरेर
पर्खालै फोडिदिए
प्रचण्ड पुत्रले फेरि
खै कसको सिरक ओडिदिए ।

सत्ता किन्नेलाई
गधा उपहार
मुद्धा छिन्नेलाई
उल्लु उपहार छ
तारा गिन्नेलाई
भिरमती उपहार
घर किन्नेलाई
श्रीमती उपहार छ ।

अप्रिल फुल

कुखराको फुल हो कि
हासको फुल
सय पत्रिको फुल कि
बासको फुल
खाने फुल, सिउरीने फुल
हैन क्याको हो यो
अप्रिल फुल !

पहिले त लाग्थ्यो
खाने फुल हो कि
मन्दिरमा चढाउने फुल
तरुणीलाई हिर्काएर
कराउने फुल
पछि लाग्थ्यो
उडन्याको हो कि गूडन्याको हो
के दुई खुट्टाले हिंड्न्याको हो
के कौवाको फुल
पछि पो थाह भो
मुर्ख बनाउने रहेछ
यो अप्रिल फुल ।

नमरेको बाउको खबर
मरे भनी आको छ
मरेका मान्छेले पनि
बिहे गर्न पाको छ
कोही प्रेमिकाले बोलाई भनी
पार्क धाको छ
कोही प्रेमीले बोलायो भनी

मन्दिर तिर गाको छ
कुरो कुन्थ्रो नबुझिकान
कति मुर्ख भाको छ
मान्छेलाई तनावमा कुदाकुद
कुदाउनेमा क्या मजा आकोछ
न आमाको साख न बाउको साख
गोरु बेचेको साईनो पनि
लोक प्रिय हुदै गाको छ
त्यसै त यो देशमा पर्वहरुको हुल
अब सरकारी बिदा नै माग्ने हो कि
मनाउन यो अप्रिल फुल ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x