नरनाथ लुइँटेलदिल्लीको मेदान्त अस्पतालमा पाल्पालीको उपचार आरम्भ
दुईवटै मिर्गौलाको समस्याबाट थलिनुभएका स्रष्टा एवम् पत्रकार बि.के. पाल्पालीको उपचारका निम्ति दोस्रो पटक पुस २१ गते दिल्लीस्थित मेदान्त अस्पताल लगिएको छ । उहाँलाई पहिलोपटक मेदान्त पु¥याए पनि बेखर्ची भएर २५ दिनपछि नेपाल फर्काइएको थियो ।
उपचार खर्च अभावका कारण अनपेक्षित र असमयमै मृत्युको मुखमा पुग्नुभएका पतिको उपचारका लागि सहयोग गर्न पाल्पाली पत्नी रेणुका भट्टराईले करूणाद्र्र आव्हान गर्नु भएको थियो । भट्टराईको आग्रहलाई अडियो, भिडियो, सामाजिक सञ्जाल फेसबुक, सञ्चार माध्यमहरूले प्रशारण गरेपछि देश विदेशका हजारौं उदारमना महानुभावहरूबाट स्वस्फूर्तरूपमा आर्थिक सङ्कलन हुन थाल्यो । नेपाल पत्रकार महासङ्घ, एनआरएन नाइजेरिया, बिके पाल्पाली बचाउ अभियान, लगायतका संस्थाहरूको क्रियाशील आव्हानलाई अनुशरण गरी अस्ट्रेलिया, नाइजेरिया, यु.एस.ए. समेतबाट व्यक्तिगत र संस्थागत रूपमा सङ्कलित सहयोग कतिले त पाल्पालीको डेरामै आई हस्तान्तरण गरेका थिए ।
नेपाल एफ्एमको साहित्य सुधा कार्यक्रम, एक्सप्रेस खबर अनलाईन, फित्कौली डटकम, न्युज २४ आदिले पाल्पालीको स्वास्थ्य स्थिति बारेमा विशेष रिपोर्ट प्रशारण गर्दै राज्यको ध्यानाकर्षण गरी उपचारमा सहयोग गर्न दबाव सिर्जना गरेका थिए थिए । फलतः नेपाल सरकारले पनि उहाँको उपचारका निम्ति रु. ५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । यद्यपि सरकारले दिने निर्णय गरेको रकम उपचारको बिल भरपाई पेस गरेपछि मात्र निकाशा हुने जानकारी प्राप्त भएको कुरा पाल्पाली पत्नी रेणुकाले बताउनु भएको छ । देश विदेशका उदारमना व्यक्ति वा संस्थाहरूबाट सहयोग प्राप्त भएको रकम करिव १३ लाख सङ्कलन भएको भटट्राईले बताउनुभयो ।
नेपाल एफमबाट प्रशारित साहित्य सुधाको विशेष शृङ्खला सुनेर पाल्पाली दम्पतिका एक मात्र सन्तान सुधा पाल्पालीको आगामि शिक्षदीक्षाकाको लागि सम्पूर्ण खर्च बेहोर्ने तपरता सङ्घ÷संस्थाले देखाएको जानकारी भट्टराईले दिनुभएको छ ।
पुस २१ गते बिहान ८ बजेको उडानबाट विकेलाई दिल्लीस्थित मेदान्त अस्पताल पु¥याइएको छ । साथमा उहाँकी पत्नी रेणुका हुनुहुन्छ । पुस २२ गते दिउँसो साढे १२ बजे टेलिफोनबाट हामीले रेणुकालाई सम्पर्क गर्दा उहाँले अस्पतालमा पाल्पालीको उपचार प्रक्रिया आरम्भ भइसकेको बताउनु भयो ।
पाल्पालीलाई दिल्ली लानुभन्दा अघिल्लो दिन बेलुकी रेणुकाले फेसबुकको स्टाटसमा सहयोगी हतहरूप्रति आभार व्यक्त गर्दै यस्तो लेख्नुभएको छ :
आदरणीय, सम्पूर्ण मित्रहरूमा नमस्कार !
पत्रकार तथा साहित्यकार वि.के पाल्पालीको जीवन रक्षाका लागि गरिएको अनुनय विनयलाई आत्मसात गरी सहयोग गर्ने विभिन्न सङ्घ–संस्था तथा देश विदेशमा रहनु भएका दाजुभाइ दिदी वहिनीहरूप्रति कृतज्ञ छु । विशेष गरी पत्रकार महासङ्घ केन्द्रले पाल्पालीको जीवन वचाउनका लागि खेलेको महत्वपूर्ण भूमिकाप्रति कृतज्ञ हुँदै धन्यवाद दिन चाहन्छु । सञ्चारकर्मी मित्रहरू तथा विभिन्न आमसञ्चार माध्यमले पु¥याउनु भएको भूमिकाप्रति आभार व्यक्त गर्दे भोलिका दिनमा पनि यहाँहरूको सहयोगको अपेक्षा गर्दछु ।
पौष २१ गते आइतवार विके पाल्पालीलाई पुनः उपचारका लागि दिल्लीस्थित मेदान्त अस्पताल लैजाँदैछु । यहाँहरूबाट पाएको हार्दिकता, सद्भाव, सहयोग र कामनाले पाल्पालीको जीवन रक्षा अवश्य हुनेछ भन्नेमा मेरो विश्वास वढेको छ । उहाँको पूर्ण स्वास्थ्य लाभ नहुन्जेल यहाँहरूको साथ पाउने अपेक्षा गर्दे भोलिका दिनमा पनि हामी दुवैलाई यहाँहरूको आशिर्वाद अवश्य मिल्नेछ भन्ने आशा सहित….. ।
फित्कौली डटकम परिवार पाल्पालीको उपचार सफल होस्, उहाँले नयाँजीवन प्राप्त गर्नुहोस् र यथा समयमा फेरि पनि सक्रिय पत्रकारिता र साहित्य सिर्जनामा संलग्न हुन सक्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दछ ।
Subscribe
Login
0 Comments
Oldest








































