साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको १९ औं सिर्जना वाचन

Nepal Telecom ad

नियमित सिर्जना वाचनको १९ औं शृङ्खला पुस महिनाको गत तेस्रो शनिबार राजधानीमा सम्पन्न भयो । वरिष्ठ गजलशिल्पी रामबहादुर पहाडीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभाध्यक्षता अनुपम सिर्जना प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम अधिकारीले गर्नुभएको थियो ।
दीप प्रज्ज्वलन गरी आरम्भ भएको कार्यक्रममा उपाध्यक्ष रमेशप्रसादले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । सिर्जवाचनको यस शृङ्खलामा २ दर्जन स्रष्टाहरूले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो । आफ्ना रचना प्रस्तुत गर्नेहरूमा भिजन गुरागाईं, बिनुबाबा घिमिरे, ठाकुरप्रसाद प्रधान, कुमार श्रेष्ठ, घिमिरे मैदेली, पवित्रा अधिकारी, टि.एन् गोपीकृष्ण अधिकारी, जगदीश्वर पोख्रेल, जि.केएन. खडेरी, सहाना सवेदी र युवा गौतम हुनुहुन्थ्यो ।
त्यसै गरी राजेन्द्रप्रसाद ढुङ्गाना, रामशरण खड्का, विजयध्वज थापा, उर्मिला पन्त पंडित, शिशिर देवकोटा, भाग्यशाली अधिकारी र श्रीधर पौडेलले पनि आ–आफ्ना छन्दोबद्ध कविता, गीत गजल र मुक्तकहरू वाचन गर्नुभएको थियो । कार्यक्रममा भगवती रोकायले सुमधुर गीत प्रस्तुत गर्नुभएको थियो भने हरि खनालले आफ्नो व्यङ्ग्यात्मक गजलमा स्वर दिनुभएको थियो । त्यसै गरी डा. टि.पी बराकोटीले कथा सिर्जना बाचन गर्नु भएको थियो भने नरनाथ लुइँटेलले फित्कौली डटकम वेभसाइटबाट चट्याङ मास्टरको हास्यव्यङ्ग्य कविता सिर्जना ‘हेपेकै हो, तँ के गर्छस् ?’ वाचन गर्नुभएको थियो ।
नयाँ र स्थापित पुराना स्रष्टाहरूको जमघट रहेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गजलस्रष्टा रामबहादुर पहाडीले आफ्नो सुन्दर गजललाई स्वरबद्ध रूपमा प्रस्तुत गर्जुभएको थियो ।
प्रतिष्ठानका सचिव जितु खड्काले सञ्चालन गर्नु भएको यस शृङ्खलामा अध्यक्षताको आसनबाट पुरुषोत्तम अधिकारीले आफ्नो कविता सिर्जना प्रस्तुत गर्दै धन्यवाद सहित कार्यक्रम समाप्तीको घोषण गर्नु भएको थियो ।
अनुपम सिर्जना प्रतिष्ठानको सिर्जना वाचन कार्यक्रम हरेक महिनाको तेस्रो शनिबार नियमत रूपमा कलङ्की स्थित एडमार्क कलेज परिसरमा आयोजना हुँदै आएको छ ।
–सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x