लालकाजी श्रेष्ठके के भन्छे, भन्छे !
खाजा खायौ भनी सोध्दा खाको छैन भन्छे
खाने हो त भन्दा बेला भाको छैन भन्छे
मायाँ लायौ भनी सोध्दा लाको छैन भन्छे
लाउने हो त भन्दा उमेर गाको छैन भन्छे
बैँश दायौ भनी सोध्दा दाको छैन भन्छे
दाउने हो त भन्दा रहर छाको छैन भन्छे
कतै धायौ भनी सोध्दा धाको छैन भन्छे
धाउने हो त भन्दा मनले खाको छैन भन्छे
के पायौ त भनी सोध्दा पाको छैन भन्छे
पाउने हो त भन्दा मनै लाको छैन भन्छे ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































