कुमार खड्काछ थान ठोक्तक
भोकै परेस् केही दिन अनि थाहा हुन्छ
दीनले घेरोस् केही छिन अनि थाहा हुन्छ
मलाई केको रहर थ्यो र मुग्लानमा पस्न
टन्नै लागोस् साहुको रिन अनि थाहा हुन्छ ।
पढी गुनी के काम बाबु हलो जोती खाऊ
यस्तै अर्ति बुद्धि दिन्थे हाम्रा बाजे बाउ
कुनै इलम सिकियो नपढेको काँट लाग्यो
सोच्दै छु म डुब्छ क्यारे जिन्दगीको नाउ !
सुध्रेन मति तिम्रो कहिले नि यार
अल्ढ़ेब्रो कुरा गथ्र्यौ पहिले नि यार
एक रत्ति विश्वास लाग्दैन अझै
उस्तै बानी तिम्रो अहिले नि यार ।
तरबारको चोटले, दुखेर मर्छन्
बचनको चोटले, सुकेर मर्छन्
गुन लगाइ हेर, बैगुनीहरूलाई
नतमष्तक हुन्छन्, झुकेर मर्छन् ।
सँगीहरू पनि मेरै छुट्नु पर्ने
सपनाहरू पनि मेरै टुट्नु पर्ने
के लेखिदियो भावीले निधारमा
खप्पर पनि मेरै फुट्नु पर्ने ।
तिम्रो सिउँदो भर्छु भन्ने होलान् अरु कति कति
तिम्लाई माया गर्छु भन्ने होलान् अरु कति कति
के देख्यौ र ‘उदास’ मा… मरिहत्ते गर्यौ सानु
तिम्रो लागि मर्छु भन्ने होलान् अरु कति कति ।
धापासी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































