साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नो भाग्य अजमाउनुहोस्

Nepal Telecom ad

आउनुहोस् आउनुहोस्
मौकाको फाइदा उठाउनुहोस्
आफ्नो भाग्य अजमाउनुहोस्
नाम दाम कमाउनुहोस्
नेपाल बन्द कार्यक्रममा सहभागी हुनुहोस्
बम्पर उपहार जित्नुहोस् ।

घाइते हुनुभयो भने अखबारमा फोटो छापिन्छ
टिभीमा अनुहार देखाउन पाइन्छ
मान्छे मार्नु भयो भने तपाइलाई महान नेता बनाइन्छ
भोलि मन्त्री प्रधानमन्त्री बन्न पाइन्छ
अरुले तपाईंलाई मारे दस लाख पाइन्छ
महान् सहिदको पदवी थप दिलाइन्छ
दुबै हातमा लड्डु हुने यस्तो मौका कहाँ पाइन्छ ?

तपाईं मरे तपाइको नाम सहिदको लिस्टमा चढाइन्छ
तपाईंको नाममा नारा लगाइन्छ
तपाईंलाई अम्मर बनाइन्छ
तपाईंको लास बोकेर शहर डुलाइन्छ
तपाईंको लास त्यस्सै जलाइँदैन
कैयौं दिन कुहाइन्छ
दुर्गन्ध हटाउन धुप धुवाँइन्छ
फूलमाला चढाइन्छ
पोल्नै परे दुर्गन्ध छोप्न पार्टी झण्डा ओढाइन्छ
तपाईंलाई महान् सहिद बनाइन्छ ।

सहभागीले खेलका सरल नियम मान्नु पर्ने छ
पुलिस देखे ढुंगा हान्नु पर्ने छ
साइकल गुडेको देखे ढाल्नु पर्ने छ
मोटर या मोटरसाइकल गुडेको देखे आगो बाल्नु पर्ने छ
पसल खोलेको देखे लुट्नु पर्ने छ
पसलेलाई कुट्नु पर्ने छ
हिँड्नेसंग चन्दा माग्नु पर्ने छ
नदिनेलाई गोद्नु पर्ने छ ।

आज एकदिन मात्रै बाँकी छ
आउनुहोस् आउनुहोस्
मौकाको फाइदा उठाउनुहोस्
नाम दाम कमाउ कमाउनुहोस्
टिभीमा अनुहार देखाउनुहोस्
आफू मन्त्री प्रधानमन्त्री बन्ने बाटो समाउनुहोस्
दस लाख कमाउनुहोस्
दुबै हातमा लड्डु समाउनुहोस्
अम्मर हुने मौका हत्पति आउँदैन
जिन्दगी भरि तपस्या गर्नेले पनि पाउँदैन ।

यस्तो मौका न गुमाउनुहोस्
आफ्नो भाग्य अजमाउनुहोस्
नेपाल बन्द कार्यक्रममा सहभागी हुनुहोस् ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x