वासुदेव पाण्डेयकुरामात्र चर्को
यता गर्छ छोरा कुरामात्र चर्को ।
उता खिन्न आमा नपाएर बर्को ।।
सधैं व्यस्त हुन्थें रमी सिर्जनामा ।
यहाँ पेट पाल्ने समस्या छ अर्को ।।
कहाँ पढ्छ मान्छे सबैका कहानी ।
कुनै चाख राख्ने, कुनै मान्छ झर्को ।।
छ यो राज्य अन्धो र लाचार मात्र ।
सधैं देश छाड्ने युवाको छ लर्को ।।
मिली बूँद पानी नदी बन्छ साँच्चै ।
कहाँसम्म पुग्ला र तानेर धर्को ।।
Subscribe
Login
0 Comments
Oldest






































