प्रेम ओली ढकलपुरेखाऊ बुढी खाऊ
आफुलाई त सुगर लाग्याछ
त्यसैमा पनि अझ
ब्लड प्रेसर माथि माथि भाग्याछ
निम्तो त मान्नै पर्यो
फेरि तिमीलाई के रोग पो लाग्याछ
छोरीको बिहे भए
सय रुपैयाले टन्न भरेर
खाम थमाई देऊ
छोरोको बिहे भए
सम्मानमा पाको खादा छ
त्यै लगी ट्याक्क जमाइ देऊ
आज तिमी नै
जाऊ बुढी जाऊ
पार्टीमा टन्न
खाऊ बुढी खाऊ ।
युरिक एसिड पनि आफैलाई
एसिडिटी पनि आफैंलाई
छोरीको बिहेमा पनि नआउने भन्लान
मान्छन भने छोराछोरी सबै लैजाऊ
तर जाऊ बुढी जाऊ
साँझ भात पनि पकाउन परेन
टन्न हसुरेर
खाऊ बुढी खाऊ ।
ब्रत नभएको भए म पनि जान्थे होला
दुई चार चोक्टा त यसो खान्थे होला
कस्तो आजै ब्रत परेछ
भोज गर्नेले पनि आजै गरेछ
छोरा छोरी मात्र किन
स्याहार्न सकिन्छ भने
नाति नतिना पनि लैजाऊ
छोराकै बिहे रहेछ
जाऊ बुढी जाऊ
तिमीलाई त के रोग ला छ र
मासु मासु टन्न हालेर
खाऊ बुढी खाऊ ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































