साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ग..ल..ल

Nepal Telecom ad

सराब कुन्डमा पसेरै मरोस्
असती भिरबाट खसेरै मरोस् ।

साहुले टार्बारी लगेसी बन्दकी
महिनौँ भोकभोकै बसेरै मरोस् ।

पहेलो कपडा लाएर जोगी झैँ
धुनीको खरानी घसेरै मरोस् ।

छोडेर सँसार छिमेकी आफन्त
दिउसै गोमनले डसेरै मरोस् ।

नहुँदा मायाँलु अफ्टेरो घडीमा
घाँटीमा जोतारो कसेरै मरोस् ।

सहन सकिन टोकसो तिघ्रेको
आफैँले खुकुरी धसेरै मरोस् ।
सङ्खुवासभा
हाल– मरुभूमिको छातिबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x