साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नववर्षको पूर्वसन्ध्यामा

Nepal Telecom ad

म गीत गाऊँ मुरली बजाऊँ
चराहरूको मन जित्न पाऊँ
भाका सुनौलो सबमा सुनाऊँ
संगीतको स्वाद सबै चखाऊँ ।।

बाजा बजाऊँ वन घन्किएझैँ
आशा जगाऊँ मन फक्रिएझैँ
नाचूँ जुरेलीसित उड्न खोज्दै
हाँसो खुसीको नव रंग छर्दै ।।

हेर्दै उज्यालो छवि स्वच्छ पार्दै
पक्रेर हाँगा रुख चढ्न खोज्दै
तारुण्यजस्तो मन दंग पारूँ
आकाशको चन्द्र चुमेर छाडूँ ।।

देख्दा अँध्यारो मुख यो हटाऊँ
उल्लासको स्वर्णिम ज्योति पाऊँ
ईर्ष्या कतै दुर्मन भाव त्यागूँ
आत्मीयतापूर्ण विचार साटूँ ।।

भए गरेका कति त्याज्य कर्म
आवेग आक्रोश विनाश धर्म
दिवा त के स्वप्न कतै नआऊन्
भविष्य आफ्नै अझ रम्न पाऊन् ।।

जेजे बिते ती सब बिर्सिजाऊँ
नौलो छहारीमुनि बास पाऊँ
सुगन्ध आफ्नैपन होस् अपार
खुसी उमार्ने क्षण बारबार ।।

सिकूँ पुराना पथबाट गल्ती
उद्देश्य होस् निर्मल स्वच्छ धर्ती
सेवा गरूँ जीव समग्र भव्य
भविष्य होस् नूतनमैत्री दिव्य ।।
काठमाडाैं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x