साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी माग्ने

Nepal Telecom ad

बाबु माग्ने, आमा माग्ने, छोराछोरी माग्ने,
दिनचाहिँ कसले दिने सबैजना माग्ने ।
कोही बटुका थाप्दै, कोही पटुका थाप्दै,
दिए उसको गुणगान गाउने, नदिए हिँड्ने सराप्दै ।

मन्दिर जाने भगवानसँग माग्ने,
भगवानले नदिए भक्तजनसँग माग्ने ।
सयपचास दिए भक्तजनलाई जुस खुवाउने,
एक दुई रुप्पे दिए बङ्गारा खुस्काउने ।

सदनमा जाने दाँत ङिच्याएर माग्ने,
नदिए बाहिरै चिच्याएर माग्ने ।
सके करोडपति बन्न पैसा माग्ने,
नसके पत्नीको पति बन्ने दुवैजना माग्ने ।

खानलाई होटल जाने ढुक्ने,
चिनेकाले देखे भने टेबुलमुनी लुक्ने ।
नुहाउनलाई साबु माग्ने, जिन्दगी त्यसै टर्ने,
अरुको भकारी रित्याउने आफ्नो भकारी भर्ने ।

पशुपति जाने माग्ने, दक्षिणकाली जाने माग्ने,
चन्दा माग्ने, अनुदान माग्ने जे मिल्छ उही माग्ने,
कसले भन्छ बाटामा पैसा मागेको सुहाएन नि,
अब एक दुई रुप्पेको लागि अफिस खोल्नुपनि त भएन नि ।

डब्लु.एच.ओ. ए.डि.बी र धनी देशहरू छँदैछन् दिने,
सरकारले माग्न हुने हामीले चाहिँ किन नहुने ?
सके तिमी पनि माग नसके मलाई देऊ,
उधारो देऊ मेरो घरव्यवहार चलाइदेऊ ।

अब एकदुई रुप्पे उठाउने, घर बनाउने
दाता बस्छन् डेरा सरी आफू भाडा लगाउने ।
गेरु वस्त्र ओढ्या छैन कसले जोगी भन्छ ?
जो जो माग्दै हिँड्छ उही ठूलो बन्छ ।

दिए भने हात्तीहात्ती,
नदिए उधारो माग्ने ।
बीस माग्दा पन्ध्र दिए भने
पाँच चाहिँ बाँकी रह्यो भन्ने ।

हामी मागेरै अब संसार थर्काउने
दातालाई थर्काउने, आफ्नो भुँडी चर्काउने,
माग्न थालौँ अब बसी, जति सकौँला,
हरेराम जपौँला, घरको तला थपौँला ।
चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x