साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोर कवि समातियो

Nepal Telecom ad

सुस्ताइरहेको थिएँ दिउँसो कोठामा
मोबाइलको घन्टी बज्यो
नाम नम्बर हेर्दै नहेरी
मैले पनि भनी हालेँ हेलो
भोलि कविगोष्ठी छ आउनुहोला भनी
उसले फोन काट्यो
उसको सूचनाले मेरो मनलाई
किनकिन रोमाञ्चित पार्यो
के गर्ने कसो गर्ने
यो दिमाग ह्याङ भयो
पत्रकारहरू आउँछन् फोटो खिच्छन्
यसैले यो मन लोभियो
कविको सङ्गत छ कवि भन्छन् सबैले
यसैले केही त सुनाउनै पर्यो
निकै बेर घोत्लिएँ कागज कलम लिएर
के फुर्थ्यो सर्जक भए पो
कुनै उपाय देखिन यसैले फेरि
दई चार पङ्क्ति अन्यत्रबाट सारियो
दोस्रो दिन गोष्ठीमा भनसुन गरी
अतिथिको स्थानमा बसियो
अरूको पालो सकेकाले होला
सञ्चालकले मलाई बोलायो
सबैको नजर खोइ किन होला
ममाथि केन्द्रित भयो
दुई चार मिनेट बोलेपछि
खल्तीबाट त्यो टिपोट झिकियो
आफ्नो भए पो सजिलो हुन्थ्यो
नक्कल गरेको पढ्न गाह्रो भयो
स्रोता दीर्घाबाट एकजना उठेर
कविता रोक्नुहोस् भन्यो
उपस्थित सबै वाल्ल परे
उसले त्यो कविता मेरो भन्यो
अहिले भने सबैको अघि म
नक्कली कविमा दरिन पर्यो
लाजले भुतुक्क मेरो अनुहारमा
कालोमोसो दलेको भान भयो
कवित्व त ईश्वरको बरदान रहेछ
बल्ल चेत खुल्यो
चिया पिउँदै थिएँ मेरो हातमा
स्थानीय अखबार पर्यो
अघिल्लो पानामै मेरो फोटोमाथि
लेखेको रहेछ चोर कवि समातियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x