साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शक्तिशाली नेता

Nepal Telecom ad

हाम्रो नेता धेरै शक्तिशाली हुनुहुन्छ
उहाँले उहिले आन्दोलनमा देशलाई एक धक्का दिनु भएको थियो
तपाई अहिलेसम्म हल्लिँदै हुनुहुन्छ
हाम्रो नेता त्यति शक्तिशाली हुनुहुन्छ ।

उहाँले देशलाई उहिले एक फन्को घुमाइ दिनु भएको थियो
देशलाई अहिलेसम्म रिङ्गटा लागि रहेको छ, उठ्न सकेको छैन
देश दक्षिण जाँदै छ कि उत्तर ? कसैले भन्न सकेको छैन
कोही उठेर यो यतै हो भनेर दिसा ठम्याउन सकेको छैन ।

उहाँले उहिले उद्योगलाई एक झट्का दिनु भएको थियो
अहिलेसम्म कुनै उद्योग उभिन सकेको छैन
उहाँले उहिले सडकलाई एक धक्का दिनु भएको थियो
सडकबाट दिनका दिन चार पाँच बस नगुल्टिएको दिन छैन ।

त्यस्ता धक्का झट्का र चक्कर त उहाँ बेला बेला दिइरहनु हुन्छ
त्यही झट्काले त तपाई अहिलेसम्म हल्लिदै हुनुहुन्छ
हाम्रो नेता त्यति शक्तिशाली हुनुहुन्छ
भुइँचालो त बहाना मात्रै हो
गजब धक्का त हाम्रा शक्तिशाली नेता दिँदै हुनुहुन्छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x