साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी भिखारी होइनौँ

Nepal Telecom ad

यस्ता कम्प कति गए कति गए हामी उठेकै थियौँ
नौला स्वप्न सजाउँदै समरमा हामी जुटेकै थियौँ
लत्रेनौँ कहिल्यै कुनै विपदमा हामी मगन्ते बनी
थापेनौँ कहिल्यै झुकेर थिचिँदै भिक्षा कसैको पनि ।

थोत्रा राहतको रचेर रटना भिक्षा नदेऊ तिमी
नेपालीहरूलाई सह्य नहुने बाटो नलेऊ तिमी
जिस्कन्छौ किन पात्तिएर यसरी दुर्दम्य योद्धासित ?
तम्सन्छौ किन धर्म साट्न सजिलै हाम्रा विपत्तिसित ?

आफ्नै सुन्दर स्वाभिमान पथमा आफ्नै बुताको भर
आफै हामी बनाउँछौँ समयले छाँटेर आफ्नो घर
हाम्रो जो पहिचान हो जगतमा राख्छौँ नच्यातीकन
हामीलाई सम्हालिने समय द्यौ बौराउँदै जीवन ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x