दुर्गाप्रसाद ग्वालटारेमान्छेको चाह
मानिसको ओठमाथि पोतिएको आहा हुन्छ
मनभित्र गुम्सिएको लोभ मोह डाहा हुन्छ ।
हेर्दा नदेखिने नङ्ग्रा पनि हुन्छ मान्छेसँग
गढेपछि मात्र धत्त ! ब्वाँसो भन्ने थाहा हुन्छ ।
उल्टो पाङग्रो घुमे वाहन अघि हैन पछि हट्छ
दानव चालक सज्जन बन्छ यात्री पो बौलाहा हुन्छ ।
जनावरको म्याराथनमा हावी हुन्छ खुराफाती
जति कुदोस् मृग ब्यर्थ कमजोर र खँजाहा हुन्छ ।
बोकी भित्र कालोमैलो स्वच्छ छु म भन्छ मान्छे
लिस्नो सिंढी नबिचारी धुरी चढ्ने चाहा हुन्छ ।
चेतनाको कर्नाल फुक्दै मान्छे डुब्यो अचेतनमा
सुरा अमृत ठान्छ, चोखो “प्रसाद“ खोटो लाहा हुन्छ ।
२०७२ जेठ
काठमाडौ
Subscribe
Login
0 Comments
Oldest






































