साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झुर साहित्य

Nepal Telecom ad

न नर हत्याको विभत्स चित्रण गर्नु हुन्छ
न लुटपाट आतङ्कको वर्णन गर्नु हुन्छ
न बलात्कृत बालिकाको चित्कार लेख्नु हुन्छ
न सिंगो देश र जनताको धिक्कार लेख्नु हुन्छ
तपाई कस्तो झुर साहित्य लेख्नु हुन्छ ।

न वाद लेख्नु हुन्छ न विवाद लेख्नु हुन्छ
न सफेद पोषको सम्बाद लेख्नु हुन्छ
न दाना लेख्नु हुन्छ न पानी लेख्नु हुन्छ
व्यर्थ छ तपाइँको यो लेख्ने बानी
तपाईं कस्तो झुर साहित्य लेख्नु हुन्छ ।

साहित्यकारले सशक्त साहित्यकै रचना गरिसकेपछि
पाठकले रचनाको रस स्वाद गरिसकेपछि
उसको चिसो रगत पनि तातोस्
दुई चार जनाको ढाड गर्दन भाँचोस्
सडक तताओस् गाउँ घरमा आगो सल्काओस्
अरुलाई नसके आफ्नै गलामा पासो लगाओस्
हांसी बसेकालाई रुवाओस्
देश समाजमा एउटा नयाँ बिचार क्रान्तिको लहड लेराओस्
पढ्यो पढ्यो अनि खिस्स दाँत देखाउने खालका मात्रै रचना गर्नु हुन्छ
तपाईं अत्यन्तै झुर साहित्य लेख्नु हुन्छ !
तपाई कस्तो झुर साहित्य लेख्नु हुन्छ !
काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x