साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घर कि डर !

Nepal Telecom ad

आफूलाई भाग्यमानी भनौँ कि अभागी, आफ्नो जीवनकालमा आएको पहिलो ठूलो भूकम्पलाई पनि लाइभ अनुभव गर्न पाइएन । बसभित्र हल्लिँदा हल्लिँदै भूकम्प आएर गइसकेछ । मानिसको भागदौड र आँखैअगाडि सडक चिरिएको देखेपछि पो सातोपुत्लो उड्यो । आफू त बाँचियो, अब छोराछोरी र घरको के हाल भो होला भनेर अत्तालिँदै घर पुग्दा दुवैथरी सही सलामत भेटिए । घर ठाडै भएका र परिवारका सदस्य ठहरै नभएकाहरू ठूला भाग्यमानी ठहरियौँ यसपालि ।

भूकम्पपछि हामी थुप्रै भाग्यमानीको एउटै चौरमा बास भयो । चौरमा धेरै इन्जिनियर, भूगर्भविद् र इतिहासवेत्ताहरू यत्रतत्र भेटिए । इन्जिनियर ग्यास पसले झुम्की दिदीले भनिन्, \’सरको घर त पूरै बांगिएछ, अर्को एउटा सानो भुइँचालो आयो भने गल्र्यामगुर्लुम हुन्छ ।\’

जीवनभरिको रगत-पसिनाको कमाइ यही एउटा घर, त्यो पनि बैंकमा बन्धक छ । दिदीका कुरा सुनेर मेरो मुटु हल्लियो ।

चिया पसले भूगर्भविद् रघुवीर रम्तेलले भन्यो, \’नौ रेक्टरको भूकम्प त आउनै बाँकी छ ।\’ मलाई हृदयाघात होलाजस्तो भो ।

इतिहासवेत्ता साइकल मिस्त्री मुकेशले हाइटीमा आएको भूकम्पको इतिहास सुनाएर थर्कायो । म थुरथुर काम्दै पालमुनि घुस्रिएँ ।

यो घर कति दु:खले बनाएको थिएँ, सम्झना गर्न थालेँ । उसबेला घर बनाउँदा प्रकट भएका इन्जिनियरहरूलाई सम्झिएँ । ठेकेदार इन्जिनियर, कामदार इन्जिनियर, छिमेकी इन्जिनियर, काका इन्जिनियर, श्रीमती इन्जिनियर र सबैभन्दा ठूलो म इन्जिनियर । एउटा दलाल इन्जिनियरले केही हजार रकम लिएर नक्सा पास गरेर ल्याउँदा ठेकेदार इन्जिनियर र म इन्जिनियर मिलेर एक तलो घर बनाइसकेका थियौँ । नक्सा पूर्व फर्केको थियो, घर पश्चिम । नक्साका तीनवटा पिलर ठेकेदार इन्जिनियर, मामा इन्जिनियर र म इन्जिनियर मिलेर उखेलिसकेका थियौँ ।

घर बनाउन थाल्दा छिमेकी देशका डकर्मी इन्जिनियरले मलाई उक्साउँदै भनेको थियो, \’साहूजी, पाँच तला ठोकिदिहाल्नूस् । पाँच वर्षमा लगानी उठिहाल्छ । त्यो नाथे नगरपालिकासँग नडराउनूस् । आयो भने दुई-चार सौ दिइहालौँला, म मिलाइहाल्छु ।\’

विचार गरेँ, सँधियार साधुराम सुवेदीले एकतलाको घर किनेर त्यसमाथि चार तला थोपरेर भाडामा लगाएर महिनाको लाखौँ कमाइरा\’छन् । म के कम ! मेरो इन्जिनेरीले भन्यो, एकै लाइनको कुरा त हो, पिलरमा पाँच लाइनको सट्टा चार लाइनको डन्डी हालेर पैसा जोगाउँछु । सिमेन्ट भनेको सिमेन्ट नै हो, जुन सिमेन्ट सस्तो र सुलभ छ, त्यसैले घर पोत्दिन्छु । यसपालिलाई यही माटो मिसिएको धूले बालुवाले काम चलाइदिन्छु । इन्जिनियर कार्की बाको जुक्ति अनुसार तला थप्ने बेलामा स्ल्याब फैलाउँदै पिलरभन्दा बाहिर गाह्रो लगाएर कोठाहरू फराकिला पारेँ । यति गरेपछि घर ट्याक्कै माटो सप्लायर साइँलो लामाजस्तो भयो । सुकेका खुट्टा, फुकेको भुँडी ।

१२ र १३ वैशाख ०७२ को भूकम्पले त्यस्तो मिहिनेतले बनाएको मेरो घर लडाउन भरमग्दुर प्रयास गर्यो । दायाँतिर घचेट्यो, बायाँतिर घचेट्यो, फनफन घुमायो, तलबाट उचाल्यो, माथिबाट थेचार्यो । धन्न सकेन । अझै ऊ चुप लागेको छैन । ऊ रिसले ङुर्र ङुर्र गरिरहेको छ । म डरले थुर्र थुर्र भइरहेको छु । घर बनाउँदा आफैँलाई झुक्याएको फल अहिले धमाधम चाख्दै छु । आफ्नै घरका डरले जुनसुकै बेला तोरीबारीतिर भाग्न तयार भएर जुत्तामोजा कसेर भुइँतलामै बस्दै छु ।
नेपाल साप्ताहिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x