चट्याङ मास्टरत्यसैले रक्सी खानु पर्छ
मन्दिर जान्न भने पाप लाग्छ
भट्टी जान्न भने पाप लाग्दैन
प्रसाद खान्न भने पाप लाग्छ
रक्सी खान्न भने पाप लाग्दैन
भट्टीको रक्सी त पक्का छ लाग्छ लाग्छ
मन्दिरको आशिर्बादको के ठेगान ? लाग्छ कि लाग्दैन
त्यसैले भट्टी जाने हो साथी रक्सि खाने हो
खाएकै त लाग्ने हो, नखाएको त लाग्दै लाग्दैन ।
रक्सी नखानेले रक्सी खानेलाई नराम्रो भन्छ
रक्सी खानेले त्यो भेदभाव गर्दैन
समानताको भावना जति भट्टी र रक्सीले जगाउँछ
त्यत्ति मन्दिर पूजा र प्रसादले जगाउँदैन
रक्सी खानुहोस् साथी रक्सी खानुहोस्,
झ्याम्मै नलागिकन नयाँ सम्बिधान आउँदैन ।
धर्मले यो गर्न हुन्छ त्यो गर्न हुन्न भन्छ
त्यस्तो आदेश गर्नकै लागि त घरमा श्रीमती हुँदै हुनुहुन्छ
रक्सी बिचराले त्यस्तो केही आदेश गर्दैन
त्यसैले भट्टी जाने हो साथी रक्सी खाने हो
खाएकै त लाग्ने हो, नखाएको त लाग्दै लाग्दैन ।
कानुन बमोजिम काम नगरे झ्यालखान जानु पर्छ
रक्सी बमोजिम काम नगरे झ्यालखान जान त पर्दैन
रक्सीको बोतलमा बाहिरै यसमा यति प्रतिसत रक्सी छ भनेर लेखेको हुन्छ
दुधको सिसीमा त्यति सूचना पनि लेखेको हुँदैन
रक्सीले बिस्तारै मानिस मार्छ भन्छन्
हतार कसलाई छ यहाँ ? मलाई त छैन
त्यसैले भट्टी जाने हो साथी रक्सी खाने हो
खाएकै त लाग्ने हो, नखाएको त लाग्दै लाग्दैन ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































