साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता खै कता—कता

Nepal Telecom ad

जनसेवीहरूभन्दा ज्यानमारा आकासिए
राष्ट्रवादीहरूभन्दा भातमारा उकासिए ।
अधर्मी भ्रष्ट मान्छेको छ सम्मान जता तता
भाषा–साहित्यसेवी छन् भानु मोती कता कता ।

सर्वहारा बनी सारा स्वार्थ पूरा गरेपछि
भ्रष्टाचार गरी भारी भकारी नै भरेपछि
मान–सम्मान नेताको हुनसम्म हुने भयो
लोक–कल्याण गर्नेको मान्यता खै कता गयो ?

अखण्ड देशका नेता पाखण्ड गर्न कस्सिए
लाम्टो चुसेर आमाको झाम्टो झैं पार्न तम्सिए ।
उराल्ने जातको नारा भँडुवा, भतुवा भए
जातीय एकता गर्ने बडा नेता कता गए ?

नेताहरू मिले मात्र हित हुन्छ स्वदेशको
एकता चुलिए मात्र जित हुन्छ मधेसको ।
आफ्नै मात्र भुँडी भर्छन् नेताहरू जततता
जनको भावना बुझ्ने नेताहरू गए कता ?

स्वाभिमानी कुनै छैनन्, चाहना सुकिलो हुने
शान्तिको सिर्जना गर्ने, रचना रसिलो हुने ।
जनइच्छा समाए पो ! शान्ति हुन्छ जतातता
लोकको हितमा चल्ने नेता छन् खै कताकता ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x