साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दोस्रो दाता सम्मेलन गरौँ

Nepal Telecom ad

नानीदेखि लागेको बानी
जन्मैदेखि भोगेका हामी
हाम्रै परम्परा हो मागेर पेट भर्नु
चाहे हामी सरकारमा बसौँ
चाहे सडकपेटीमै किन नहोस्
हामीले मठ मन्दिरमा पनि अड्डा जमाएकै हो
अझ पशुपतिमा त हाम्रो पहिचानै कायम छ ।

अरुका अगाडि किच्च दाँत देखाएर
खुस्स हात बढाउन के को लाज
हामीले त भैंचालोले भत्काएको
भौतिक संरचना निर्माण गर्दैछौँ
आफ्नै बलबुतामा नवनिर्माण गर्नेछौँ
किनकि हामीले हात पसारेर
झोली थापेका छौँ र
दाताले भरिदिएका छन्
दाताको सदा कल्याण होस् ।

हामी फेरि माग्नेछौँ
दाता हो तिमीले मन फुकाएर
धक नमानेर दान खसाल्नु
किन कि हाम्रो बानी जानेछैन
तिम्रो दान बिना भरे खाने छैन
सत्ते भन्छु तिमीले दिने भएपछि
मलिला खेतमा अन्न फलाउने छैन
खेर गएको पानीबाट विजुली निकाल्ने छैन
पर्यटनलाई लिएर देश डुलाउने छैन
कुनै उद्योग धन्दा चलाउने छैन
अरु त अरु अब उप्रान्त तिमी बिना
सन्तान पनि जन्माउने छैन ।

तिमीले नै यी सबैमा सहयोग गर्नु
हामी टुलुटुलु हेरी बसौंला मित्र ।
श्रमदानदेखि गर्भाधानसम्म
शिक्षादानदेखि भिक्षादानसम्म
कतिसम्म हाल्न सक्छौ हाल
जतिधेरै फाल्न सक्छौ फाल
सुतेर बस्छौँ डलर दिएर पाल ।

न हामीलाई भोकको टेन्सन
न हामीलाई रोगको टेन्सन
न हामीलाई कमाउने झन्झट
न त सन्तान जन्माउने झन्झट
विदेशी भएपछि हाम्रो सबै थोक छ
चाहिए हात फैलाउने पुरानो रोग छ
दिने हामीबाहेक समस्त लोक छ
मागेर खाए पनि गफ लडाउने चोक छ
सरकार होस् कि घरवार जताततै छन्
मगन्ते नेपाली भन्ने चल्तीको जोक छ
धेरै किचकिच र्गयो भने लगेर भित्रै ठोक्छ
बलियालाई हैन निर्धालाई जे ले पनि टोक्छ ।

अब अर्को दाता सम्मेलन गरौँ
नभरिएको झोली टन्न हुनेगरि भरौँ
सत्तामा रहन अन्तरपार्टी बसाईं सरौँ
पहाडमा मात्र नभए भोट माग्न तराई झरौँ
सके यो लोकबाट वैतरणी मागेर नै तरौँ
माग्ने बानी नै छ अनन्तसम्म यसकै भर परौँ
मागेर खाने मेसो नभए भोकभोकै मरौँ
अरु पनि जुट्छ कि आऊ जे होला होला
नवनिर्माणका लागि दोस्रो दाता सम्मेलन गरौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x