साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन्टी प्रियसीको घर बलियो

Nepal Telecom ad

“तिनवटा गोरुको हल बलियो, दुईटी श्रीमतीको घर बलियो” भन्ने उखान बराजुकै पालामा बन्या हो । तर उखानलाई अर्थपूर्ण बनाउन तिनवटा गोरुको हल बान्या हालसम्म देखिएन । श्रीमती दुई वा दुईभन्दा बढी सङ्कलन गर्ने साहसीलाई स्याबासी दिएको भने प्रशस्तै देखियो । हल बलियो नहुँदा हारगुहार गरेर काम चल्छ । तर घर मान्छेको बाँच्ने आधार हो । त्यो नै कमजोर भयो भने मान्छे नै मर्ने डर हुन्छ । त्यसैले दुईभन्दा माथि श्रीमतीका पति बलियो घरका बहादुर श्रीमान जति, सबैलाई शुभकामना छ ।

आफू परेँ दुरगाउँकी दुरपती । श्रीमान शर्मलालको बुद्धिको बिर्को सदाका लागि बन्द छ । उनले न त घर बलियो बनाए, न त महापुरुष हुने कुनै पुरुषार्थ नै गरे । उत्तिकैमा छिमेकी छविलालको कत्रो छवि छ छरछिमेकमा । उनका दुई जोईहरूको जुदाइले रातभर जागै भएका छिमेकीले दिनभरि उँघ्दै कत्रो जयजयकार गर्छन् । अझ द्वन्द्वका मन्द वाणीले उनीहरूका कर्ण पवित्र पार्दै सबैतिर सुगन्ध फैलाउँछन् ।

ऊ बेला भ्रमनाथ ब्राह्मणले झैँ झगडा हुँदा रिस उठ्यो भन्दैमा लाजभाँड बोल्नु चाहिँ हुँदैन है ! छोरीमान्छेले भन्थे । लाग्थ्यो यो लाजभाँड बोल्ने ठेक्काचाहिँ सबै छोरामान्छेकै मात्र रहेछ । अहिले सहराँ केटी मान्छेले छोटा लुगा लगाउनु हुन्छ र लगाउनु हुँदैन भन्नेका बीचमा निक्कै चर्को बहस चलेको छ । नयाँ घरकी निकितालाई नकटा र छकटा लुगा लाएर अङ्ग प्रर्दशन गर्छेस् ? भनेर कुप्रेमाले कुटेको अहिले जस्तो लाग्छ । छविलालनी भाउजूहरूलाई सनकी चढेर झम्टाझम्टी गर्या बेला शिरदेखि पाउसम्मका वस्त्र सर्लक्कै सुर्कन्छन् तैपनि अङ्ग प्रदर्शन भएको छैन । तर “ढुङ्गाले आफ्नो घर आफैँ बनाउँछ” भनेजस्तो उहाँहरूका वस्त्र छिनभरमै उही टुङ्गामा आइहाल्छन् । अनि त अङ्ग प्रदर्शनको कुनै प्रश्नै आउँदैन र बुहारीको वर्चस्व सधैँ उच्चै रहन्छ ।

छविलालको भलो हेर्न नसक्ने असत्तीहरूले बेहाल बनाउन उनका दुवै जहानलाई जोडले उचालेछन् । तिमीहरूको दिनहुँ झगडा लगाउने मान्छे त्यै छवे हो । आफूआफू झगडा गर्नुभन्दा दुवै मिलेर त्यै छवेको छेपारी भाँच्न सक्दैनौ ? भनेर उल्क्याएछन् । पापीहरू “मर्ने बेलामा घिटिकघिटिक भएर बाँच्नै नपरोस् ।” पति भनेका त जति धेरै श्रीमती ल्याए पनि देवता हुन् । देवताको त सधैँ पूजा पो गर्नुपर्छ त । पतिले एउटी मात्र श्रीमती राखे भने मनुष्य मात्र हुन्छन् । दुईटी राखे देवतासमान र त्योभन्दा पनि बढी राख्न सके रासलीला हुन्छ । फेरि स्वर्गका इन्द्रदेखि मथुराका कृष्ण, कैलाशका शिवदेखि वैकुण्ठका विष्णुसम्म कसका पो छन् र एउटी मात्रै ?

श्रीमतीहरूको शङ्कालु स्वभावले समस्या आयो भन्ने पनि कताकता सुनिन्छ । दुईटी मात्र भएका ठाउँमा समस्या आयो भने मसँग एउटा उपाय छ । दुईटी भएका ठाउँमा अर्की एउटी ल्याउने र तिनवटी बनाउने । त्यसपछि दीर्घकालीन शान्ति पुनर्बहाली हुन्छ । पहिली र दोस्रीको झगडा परे तेस्रीसँग प्रेम बढ्छ । त्यो प्रेम देखेर झगडालु दुवैलाई डाहा हुन्छ । आफ्नो अहित हुने देखेर दुवै जना तैँ चुप मै चुप हुन्छन् झगडा खतम । अनि त स्वामीज्यूको स्याहार पुगेर शिर पनि सगरमाथा जत्रो र भुँडी पनि सरदारबाका तामे घ्याम्पो जत्रो हुन्छ । क्या मज्जा ! दुईटी दुईटा हातमा अर्की आफ्नै साथमा ।

श्रीमतीहरूको पनि सत्र पल्टियो । एक्लै हुँदा हेपेर काली, भुन्टी, नेप्टी, चेप्टी जेसुकै भन्थे । “एक्लो बृहस्पति झुटो” भनेझँै सबै सहेरै बस्नुपथ्र्याे । दुईभन्दा बढी भएपछि त हाम्लाई पनि सम्मान चाहियो भनेर सदनमा आवाज उठाउन पाइयो । त्यति मात्र कहाँ हो र ‘संयुक्त’ श्रीमती मन्त्रालय चाहियो भनेर छुट्टै माग राख्न पनि पाइयो । ससंद्लाई विधायक भनेझैँ हाम्लाई पनि जेठीमाइली, साँइली, काँइली, अन्तरी, जन्तरीमात्र होइन संयुक्त रूपमा प्रियसी भन्नुप¥यो । भन्दै संयुक्त श्रीमती मन्त्रलायको आयोजनामा देशभरका हरतरहका संयुक्तमा नाम समावेश भएका श्रीमतीहरूको उपस्थितिमा जुलुस र धर्ना गर्दै विभिन्न माग राख्न पनि पाइयो । यस्तो आइडियाले त सबै जोईपोइहरूलाई काइदाले फाइदा पुग्ने रहेछ, विचार गराैँ है ! “तिनवटा गोरुको हल बलियो तिन्टी प्रियसीको घर बलियो ।”
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
0
Would love your thoughts, please comment.x
()
x